मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङ प्याब्सन मीट २०८० मा जाँते नमूना प्रथम, व्यक्तिगततर्फ टेण्डरकी मल्लिक उत्कृष्ट

मोरङ खबर 407+ समाचार ( )
२५ कार्तिक २०८०, शनिबार

- राजु गौतम 

लेटाङ । लेटाङमा प्याब्सन मीट २०८० मा सबैभन्दा बढी पदक हात पार्दै जाँते नमूना माध्यमिक विद्यालय लेटाङ ९ प्रथम भएको छ । ५ स्वर्ण, ५ रजत र २ कास्यसहित कूल १२ पदक जितेर जाँते नमुना प्रथम हुन सफल भएको हो । यसैगरि ५ स्वर्ण, २ रतज र १ कास्यसहित कूल ८ पदक जित्दै लेटाङ आवसीय माध्यमकि विद्यालय दोश्रो भएको छ भने लेटाङ ग्रीन भ्याली एकेडेमी तेश्रो भएको छ । ग्रन भ्यालीले ३ स्वर्ण, ६ रतज र  ३ कास्य गरि कूल १२ पदक जितेको छ ।  

       व्यक्तिगत विधातर्फ लेटाङ ९ जाँतेस्थित टेण्डर बोर्डिङ स्कूलकी मल्लिका तिम्सिनाले उत्कृष्ट प्रदर्शन गरिन् । उनले लङजम्प र १ सय मिटर दौडमा गरि २ स्वर्ण तथा हाइजम्प र १५ सय मिटर दौडमा २ कास्य गरि व्यक्तिगत ४ पदक हात पारेकी छन् । यता प्याब्सन खेलकुदको आकर्षणको रुपमा रहेको सिनियर पुरुष फुटबल तर्फको स्वर्ण लेटाङ आवसिय माध्यमिक विद्यालयले जितेको छ भने सिनियर महिला फुटबल तर्फको स्वर्ण ग्यालेक्सी एकेडेमीले हात पारेको छ ।  

       प्याब्सनमा आवद्ध लेटाङ नगरपालिका भित्रका १४ वटा नीजि विद्यालयहरुबीच खेलकुदका विभिन्न २७ विधामा प्रस्पिर्धा गराउँदै व्याब्सन मीट सम्पन्न भएको हो । प्रतियोगितामा अन्य ९ विद्यालयले कम्तिमा एक पदक पाएका छन् भने २ वटा विद्यालय पदक बिहिन भएका छन् ।   प्राइभेट एन्ड बोर्डिङ स्कुल अर्गनाइजेसन नेपाल (प्याब्सन) लेटाङको आयोजनामा कार्र्तीक २१ गतेबाट कार्र्तीक २५ गते सम्म भएको खेलकुद सप्ताहमा १६ वटा व्यक्तिगत विधामा १८४ जना र ११ वटा सामुहिक विधामा १ हजार ५ सय ८१ खेलाडी समावेश भएको प्याब्सन लेटाङका अध्यक्ष कमल अधिकारीले जानकारी दिनुभयो ।  

    लेटाङ नगरपालिका भित्रका निजी विद्यालयहरूबीच आपसी सम्बन्ध, सहकार्य र खेलाडी उत्पादनमा जोड दिने उद्देश्यले प्याब्सन लेटाङले विगतका वर्षहरूबाट नै दशैं र तिहारको बीचमा खेलकुद सप्ताह आयोजना गर्दै आएको छ । यस खेलकुद सप्ताहमा विद्यार्थी खेलाडीहरूले गरेको प्रदर्शनका आधारमा उनीहरुले लेटाङ बाहिरका विभिन्न कलेजहरूमा खेलकुद सँगै पढाइका लागि आकर्षक छात्रवृत्ति समेत पाउँदै आएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार