विराटचोक । मोरङको सुन्दरहरैँचास्थित इन्द्रपुर जेसीजको २३ औं तथा इन्द्रपुर जुनियर जेसीजको ७ औं पदस्थापन समारोह सम्पन्न भएको छ । कार्यक्रम विराटचोकमा रहेको नेपालीरिका होटलमा बुधबार भएको थियो ।
पदस्थापन कार्यक्रममा इन्द्रपुर जेसीज वर्ष २०२४ का अध्यक्ष उत्सव थापाले वर्ष २०२५ का अध्यक्ष आकाश दुलाललाई चेन सहित जेसिजको पदभार हस्तान्तरण गरेका थिए । त्यसैगरी जुनियर जेसीज वर्ष २०२४ का अध्यक्ष मदन भण्डारीले वर्ष २०२५ का अध्यक्ष आयुश अधिकारीलाई पदभार हस्तान्तरण गरे ।

