मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङ नगरपालिकाको नवनिर्मित इजलास उद्घाटन (भिडियोसहित)

मोरङ खबर 407+ समाचार ( )
१० श्रावण २०८१, बिहीबार

लेटाङ । लेटाङ नगरपालिकामा न्यायीक समितिको इजलास निर्माण गरि सञ्चालनमा ल्याइएको छ । भर्खरै निर्माण सम्पन्न भएको इजलासको आज विहीबार लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावती र उपप्रमुख कृष्णकुमारी निरौलाले उद्घाटन गर्नभुयो । नगरपालिकाको न्यायीक समितिमार्फत हुने न्याय सम्पादनका क्रममा फैसला गर्नुपर्ने अवस्था आएमा इजलासको उपयोग गर्नुपर्ने हुन्छ । न्यायीक समिति संयोजक तथा नगर उपप्रमुखले कपितय विषयमा अदालतमा न्यायधिशले झैं निर्णय सुनाउन सक्ने व्यवस्था रहेको छ । सोहि व्यवस्था कार्यान्वयन गर्नका लागि इजलाश स्थापना गरिएको हो । 

नगरपालिकामा न्यायीक समितिले ७ वर्षदेखि न्याय सम्पादनको काम गर्दै आएकोमा हालसम्म इजलासबाट फैसला गरेर न्याय सम्पादन गर्नुपर्ने अवस्था भने आएको छैन । नगर उपप्रमुख कृष्ण कुमारी निरौलाले नगरपालिका परिसरमै २ तले नयाँ भवन निर्माण गरि इजलाश, गोप्य कक्ष र बैठककक्ष सहितका संरचना निर्माण गरिएकाले अब न्यायीक समितिको सेवा प्रवाहमा सहजता आउने बताउनुभयो । 

नगरपालिकाको २६ लाख ५७ हजार ४ सय १० रुपैयाँ लागतमा इजलाश भवन निर्माण सम्पन्न गरिएको नगरपालिकाका उपसचिव कृष्णराज राईले जानकारी दिनुभयो । शशी निर्माण सेवासँग २०७९ पौष २ गते ठेक्का सम्झौता भएकोमा २०८० कार्तीक २० गते भवन निर्माण सम्पन्न भएको उहाँको भनाइ छ । 

इजलासमा न्यायीक समिति संयोजक,  २ जना न्यायीक समिति सदस्य, सम्बन्धित मेलमिलापकर्ता र विवादित पक्षका व्यक्तिहरु रहने व्यवस्था छ ।  नयँ भवन निर्माण गरि इजलाश, बैठक कक्ष र गोप्य कक्षको समेत व्यवस्थापन भएपछि न्यायीक समितिलाई सेवा प्रवाह गर्न सहज हुने भएको  छ । यसअघि उपप्रमुखको सचिवालयबाटै न्यायीक समितिको सेवा तथा मेलमिलापको काम हुँदै आएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार