मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

“लेटाङको न्यायिक अभ्यास” पुस्तक सार्वजनिक

मोरङ खबर 407+ समाचार ( )
२६ चैत्र २०८१, बुधवार

 लेटाङ । लेटाङ नगरपालिकाले न्यायिक क्षेत्रमा भएका कामको दस्ताबेजीकरणको प्रयास स्वरुप ‘लेटाङको न्यायिक अभ्यास’ नामक पुस्तक प्रकाशन गरि सार्वजनिक गरेको छ ।  मंगलबार नगरपालिकाको सभाहलमा नगर प्रमुख भुपेन्द्रकुमार लावती र उपप्रमुख कृष्णकुमारी निरौलाले संयुक्तरुपमा ‘लेटाङको न्यायिक अभ्यास’ नामक पुस्तक सार्वजनिक गर्नुभयो । 

पुस्तकमा लेटाङ नगरपालिकाको न्यायिक समितिले २०७४ सालदेखि गत आर्थिक वर्ष २०८० । ०८१ को मसान्तसम्म गरेका गतिविधि, न्याय सम्पादनको क्षेत्रमा गरेका महत्वपूर्ण कार्य, असल अभ्यास लगायतका विषय समेटिएको छ । पुस्तकमा ३३ वटा लेख समेटिएकोमा २६ वटा लेख न्यायिक क्षेत्रसँग सम्बन्धित व्यक्तित्व, मेलमिलापकर्ताहरु लगायत सरोकारवालाहरुको अनुभवमा आधारित छन् भने ७ वटा लेखमा न्यायिक समितिबाट सेवा लिएका सेवाग्राहीको अनुभव समेटिएको छ । यस्तै पुस्तकमा न्यायिक समितिले न्याय निरुपण गरेका १६ वटा असल अभ्यासका कथा र केहि तस्विरहरु समावेश गरिएको छ ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक कृष्णकुमारी निरौलाले ‘लेटाङको न्यायिक अभ्यास’ नामक पुस्तक लेटाङको मेलमिलाप र समग्र न्याय निरुपण प्रकृयालाई बुझ्न सहायकसिद्ध हुने बताउनुभयो । सञ्चारकर्मी खेमचन्द्र अधिकारी र रेवतीरमण निरौलाको लेखन तथा सम्पादन रहेको पुस्तक देशका अन्य पालिकाका लागि पनि आफ्ना कामको दस्ताबेजीकरणमा अनुकरणीय हुन सक्ने उहाँको भनाइ छ । 

सो अवसरमा नगर प्रमुख भुपेन्द्र कुमार लावती, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदी विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार