मुख्य समाचार
इटहरीमा खुल्यो रिसोर्स एजुकेशन हब | लेटाङ राजारानीमा होमस्टे सञ्चालनका लागि रैथाने परिकार बनाउने तालिम सञ्चालन (भिडियोसहित) | लेटाङ जाँतेमा हर्सोल्लासपूर्वक मनाइयो उभौली पर्व, किराँत संग्राहलय तथा भ्यूटावर सञ्चालनमा (भिडियोसहित) | अनेरास्ववियु लेटाङ क्याम्पस कमिटीद्वारा विद्यार्थीहरुलाई झोला वितरण (भिडियोसहित) | लेटाङ ९ जाँतेमा भव्यताका साथ मनाइयो वुद्ध जयन्ती, विविध साँस्कृतिक झाँकी प्रदर्शन | ‘सुनौलो जून’ हाइकुसंग्रह लोकार्पण | निरौला वन्धू सेवा समाज लेटाङको तेश्रो अधिवेशन तथा उभौली गोठधुप पूजा सम्पन्न | लेटाङमै सुरु भयो क्यान्सरको विशेषज्ञ सेवा, अन्यत्र धाउनुपर्ने बाध्यता हट्यो (भिडियोसहित) | लेटाङ नगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना (भिडियोसहित) | लेटाङ नगरपालिकाद्वारा फुटबल खेलको प्रशिक्षण सुरु, १ सय ८० जनालाई सहभागी गराइने (भिडियोसहित) |

लेटाङमा क्रिकेट प्रतियोगिता हुँदै, उद्घाटन खेलमा चिसाङ वारियर्स र समला राइनोज भिड्ने

मोरङ खबर 368+ समाचार ( )
३० कार्तिक २०८०, बिहीबार

- राजु गौतम 

लेटाङ । नेपालले क्रिकेटमा अन्तर्राष्ट्रिय स्तरमा पाउँदै गरेको सफलतालाई जनस्तरसम्म पुर्याउने तथा क्रिकेटको विकासमा स्थानीय सरकारको चासो बढाउने उद्देश्यका साथ लेटाङमा क्रिकेट प्रतियोगिता हुने भएको छ । लेटाङका स्थानीय क्रिकेट प्रेमी युवाहरुले स्वतस्फूर्त आयोजना गरेको प्रतियोगिता मंसिर २ र ३ गते लेटाङ ५ स्थित प्रस्तावित बुद्ध रंगशालामा हुनेछ भने ४ वटा टीमले प्रस्पिर्धा गर्दैछन् । 

यसअघि खेलाडी दर्ता गरी फ्री अक्सन मार्फत खेलाडीहरूलाई ४ टिममा बाँडफाँड गरिएको प्रतियोगिता डाइरेक्टर सूर्य बिक्रम श्रेष्ठले जानकारी दिनुभयो । टीमहरूको नाम आकर्षक तथा रचनात्मक होस् र लेटाङका पर्यटकीय क्षेत्रहरुको समेत प्रवर्धन होस् भन्ने उद्देश्यले प्रतियोगितामा सहभागीता जनाउने टीमको नाममा लेटाङकै पर्यटकीय गन्तब्यहरूको नाम जोडिएको छ । जस अन्तरगत सञ्जीव भण्डारीको कप्तानीमा चिसाङ वारियर्स, सन्तोष लुइँटेलको कप्तानीमा राजारानी किंग्स्, द्रोण मगरको कप्तानीमा किसे नाइट राइडर्स तथा उत्तम ढकालको नेतृत्वमा समला राइनोज रहेका छन् ।

टी-ट्वान्टी प्रतियोगिता अन्तरगत मंसिर २ गते पहिलो खेलमा बिहान ७ : ४५ बाट चिसाङ वारियर्स र समला राइनोज तथा दोस्रो खेलमा दिउँसो १२ : ४५ मा राजारानी किंग्स र किसे नाइट राइडर्स बीच प्रतिस्पर्धा हुनेछ । विजेताहरूले मंसिर ३ गते बिहान ८ बजे फाइनल खेल्नेछन् । विजेताले नगद १५ हजार र उपविजेताले नगद ९ हजार ५ सय पाउने छन् । साथै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले व्यक्तिगत अवार्ड समेत प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार