मुख्य समाचार
लेटाङमा छात्राहरु र सरोकारवालाबीच अन्तरकृया, लागुऔषध दुर्व्यसनका विषयमा बढी प्रश्न | लेटाङ–२ का विद्यालयबाट एसइइ उत्तीर्ण विद्यार्थीलाई वडाको सम्मान | नगरपालिकामा भएको घटाप्रति एमाले बेलबारीको आपत्ति, सेवा प्रवाहमा बाधा पुर्याएको ठहर | उर्लाबारीमा पत्रकारहरूलाई साइबर अपराध र एआईबारे तालिम | लेटाङको एसइइ नजितामा दोब्बर बढी सुधार, ७४.६८ प्रतिशत उत्तीर्ण | पथरीशनिश्चरेको बजेट : प्रशासकिय भवन बनाउन ४ करोड, फर्मेसीका लागि २ करोड | ड्राइभिङ तालिम लिएका ९० प्रतिशतले लाइसेन्स लिन सफल, १ जना रोजगार | लेटाङमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु | लेटाङको बजेट ६१ करोड छ लाख, वडा नम्बर १ मा सबैभन्दा बढी बजेट | लेटाङ नगरपालिकाको नीति, उत्पादनको आधारमा नगद प्रोत्साहन |

कोरियामा छोरा गुमाएको परिवारलाई डाइनामिक मोरङको सहयोग

मोरङ खबर 377+ समाचार ( )
७ माघ २०८०, आइतबार

लेटाङ । डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाले दक्षिण कोरियामा वैदेशिक रोजगारिका क्रममा ज्यान गुमाएका मोरङको लेटाङ ९ जाँतेका रोहित मगरको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । 

डाइनामिक मोरङ कमिटीमा आवद्ध युवाहरुले आज आइतबार लेटाङ ९ जाँतेस्थित मगर परिवारको घरमै पुगेर परिवारजनलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेका हुन् । लेटाङ नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडाको रोहवरमा ११ लाख ९६ हजार ७ सय ८२ कोरिय वन अर्थात १ लाख १८ हजार ३ सय ५१ नेपाली रुपैयाँ मृतक मगरका बाबु आमालाई हस्तान्तरण गरिएको हो ।

सो अवसरमा डाइनामिक मोरङ कमिटीका पूर्व वरिष्ठ उपाध्यक्ष सन्तोष तिम्सिना, पूर्वसचिव श्याम भट्टराई, पूर्वकोषाध्यक्ष हेमन्त खतिवडा, पूर्वसदस्य प्रकाश बराल, प्रेम बस्नेतका साथै पत्रकार रेवती निरौलाको उपस्थिति रहेको थियो ।

डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाले कोरियामै समस्यामा परेका नेपालीहरुदेखि नेपालमा समेत आर्थिक रुपमा विपन्न व्यक्तिहरुलाई सहयोग गर्दै आएको पूर्वसचिव श्याम भट्टराईले जानकारी दिनुभयो ।

डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाका वर्तमान अध्यक्ष विश्वास रायमाझी र प्रकाश थापा लगायतको अगुवाईमा कोरियामै काम गरिरहेका नेपालीहरुबाट सहयोग संकलन गरि पीडित परिवारलाई सहयोग उपलब्ध गराएको पूर्वसचिव भट्टराईको भनाइ छ ।

सो अवसरमा लेटाङ ९ का वडाध्यक्ष नन्द प्रसाद खतिवडा र दिवंगत रोहित मगरका बाबु इन्द्र मगरले समस्यामा परेका बेला सहयोग उपलब्ध गराएकोमा डाइनामिक मोरङ कमिटीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

करिव १० महिना अघि बैदेशिक रोजगारीका क्रममा कोरिया गएका २४ वर्षिय रोहितको करिव १ महिना अगाडी कोरियामै उपचारका क्रममा निधन भएको थियो । उनको शव करिव १० दिनपछि नेपाल ल्याएर धार्मिक परम्परा अनुशार अन्त्येष्टि गरिएको थियो ।  घटाना बारे थप जानकारीका लागि यो लिंक क्लिक गरि भिडियो हेर्नुहोस् । https://fb.watch/pJ0LWPc-wf/

सहयोगी व्यक्तिहरु र सहयोग रकम (कोरियन वनमा) यसप्रकार रहेको छ :

✅️विश्वास रायमाझी मोरङ 51000 ✅️खेमराज भट्टराई 30000 ✅️नवराज सिवाकोटी 30000 ✅️ प्रकाश थापा 30000 ✅️ नवराज ढुगाना 40000 ✅️ अग्नि ढकाल 25000 ✅️ अञ्जना भट्टराई 25000 ✅️ मातृका भट्टराई 30000 ✅️ आयूश उप्रेती 30000 ✅️ चन्द्र फुयाल 51000 लेटाङ, जाँते, ✅️ ईश्वरी सापकोटा 30000 लेटाङ, जाँते, ✅️ महेश राई 30005 टाँडी मोरङ ✅️ युवराज फूयाल 25000 ✅ मोरङ 33333 ✅️ जीवन अधिकारी 30000 ✅️ ज्यागदी खोला 10000 ✅️ विकास थापा 10000 ✅️ प्रलाद राई 41000 ✅️ भुपेन्द्र बस्नेत 25000 ✅️ आशिष कठेत 25000 ✅️ तारानाथ निरौला 20000 ✅ रोसन भट्टराई 30000 ✅️ हितराज फागो 11111 ✅️ त्रिलोचन सिग्देल 41111 ✅️ टि. एल. सिंह 21000 सुर्खेत ✅️सन्तोस आले 22222 पोखरा ✅️ दान वहादुर खड्का 30000 सुनसरी ✅️ नगेन्द्र कार्की 30000 सुनसरी ✅️ संगम थापा 30000 स्याङ्जा ✅️ गुणराज कार्की 11111 ✅️ वसन्त भण्डारी 10000 ✅️ बद्री निरौला 21000 ✅️ भिम बस्नेत 30000 ✅️ जीवन लिम्बु 20000 ✅️ विनोद पाखरिन 21000 ✅️ नविन कला मगर 50000 ✅️ मोहन सिंह 21000 ✅️अविरल राउत दोलखा 10000 ✅️ भेषराज भुजेल 25000 ✅️ राज तामाङ 21000 ✅️ पुष्कल खत्री 20000 ✅️ सुनिल बस्नेत 30000 ✅️ मिन कट्वाल 20000 ✅बिजु थापा 20000 ✅️ घनेन्द्र बराल 30000

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार