मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङ नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न, ५ महिनामा २३ प्रतिशत बजेट खर्च

रेवती रमण निरौला 160+ समाचार ( )
७ पौष २०८१, आइतबार

लेटाङ । लेटाङ नगरपालिकाले सोह्रौँ नगरसभाको रुपमा चालु आर्थिक वर्षको हिउँदे नगरसभा सम्पन्न गरेको छ । आइतबार बसेको नगरसभाले चालु आर्थिक वर्षको बजेटमा केहि संशोधन गरेको छ । नगरसभामा नगर उपप्रमुख कृष्ण कुमारी निरौलाले लेटाङ नगरपालिकाको विनियोजन ऐन, २०८१ लाई संसोधन गर्न वनेको ऐन, २०८१ नगरसभामा प्रस्तुत गर्नुभयो । 

नगरसभाले केही योजनाको रकम संशोधान गरि नयाँ योजनामा लगाएको छ । जसमध्ये सबै भन्दा बढी कोल्डस्टोर निर्माणका लागि छुट्याइएको ५४ लाख ५० हजार रकम विभिन्न वडाका सडक मर्मतका लागि छुट्याइएको छ । नगरस्तरका कूल ५ करोड ९८ लाख ९४ हजारका योजना संशोधन गरिएकोमा कूल ६ करोड ४० लाख ११ हजार ३ सयका वडास्तरी योजना संशोधन गरिएको छ । 

नगरसभामा उपप्रमुख निरौलाले चालु आर्थिक वर्षको आय र व्यवको अवस्था बारे पनि जानकारी गराउनु भएको छ । चालु आर्थिक वर्षको ५ महिनामा नगरपालिकाले लक्ष्यको ५३ दशमलव ३ प्रतिशत आम्दामी गरेको जनाइएको छ । यता बजेट खर्चतर्फ भने केहि न्यून २३ दशमलव ५७ प्रतिशत मात्र बजेट खर्च गरेको छ । 

पन्ध्रौँ नगरसभाले कूल ६० करोड ८५ लाख ३७ हजार आय अनुमान गरेकोमा ५ महिनामा ५३ दशमलव ३ प्रतिशत अर्थात ३२ करोड ४३ लाख ३३ हजार ३ सय ११ रुपैयाँ आय गरेको छ । यसैगरि खर्चतर्फ ६० करोड ८५ लाख ३७ हजार अनुमान गरिएकोमा त्यसको २३ दशमलव ५७ प्रतिशत अर्थात १४ करोड ३४ लाख ५७ हजार ६ सय ३५ रुपैयाँ मात्र खर्च गर्न सकेको छ । 

यसैगरि नगरपालिकाले चालु आर्थिक वर्षमा गरेका महत्वपूर्ण कार्यहरु बारे पनि नगरसभामा जानकारी गराइएको छ । नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतबीच तथा शाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच कार्य सम्पादन सम्झौता गर्ने अभ्यास सुरु गरिएको छ । यस्तै वडा कार्यालय तथा शाखाहरुको बार्षिक कार्ययोजना तथा कार्यतालिका निर्माण गरिएको छ । यस्तै नगरपालिकाले वडास्तरमा गई योजना सम्झौताका लागि अभिमुखिकरण कार्य सम्पन्न गरेको छ जनाएको । बहुबर्षिय र विषेश योजना बाहेकका नगरसभाले तय गरेका सवै योजनाहरु २०८२ बैसाख मसान्त भित्र सम्पन्न गर्ने नगरपालिकाले लक्ष्य राखेको छ ।  

यसैगरि अफिस अटोमेसन प्रकृयामा गएको, दर्ता चलानी अनलाईन गरिएको, सार्वजनिक सम्पती ब्यवस्थापन प्राणाली/योजना सफ्टवेयर सिष्टम/राजश्व क्यू आर कोड मार्फत राजश्व भुक्तानी सहजिकरण /भुक्तानी ईएफटी प्रकृयावाट संचालित रहेको पनि जनाइएको छ । यस्तै लेटाङ–७ वाराङ्गीमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको र सर्पदंश उपचार केन्द्र संचालनका लागि स्वीकृती प्राप्त भएको कुरालाई पनि नगरपालिकाले महत्वपूर्ण कार्यको रुपमा लिएको छ । नगरसभामा केही नगरसभा सदस्यले विभिन्न विषयमा विज्ञाशा राख्नु भएकोमा नगर प्रमुख भूपेन्द्र कुमार लावतीले त्यसको जवाफ दिनु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार