उर्लाबारी । निरौला वन्धू सेवा समाज उर्लाबारीको दोश्रो नगर अधिवेशनले सुरेन्द्र बहादुर निरौलाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । आज उर्लाबारीस्थित दुर्गा मन्दिरमा भएको अधिवेशनले अध्यक्षमा सुरेन्द्र बहादुर निरौलासहित, उपाध्यक्षमा कल्पना निरौला, सचिवमा खगेन्द्र निरौला, सहसचिवमा बालकृष्ण निरौला र कोषाध्यक्षमा कृष्ण प्रसाद निरौलालाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा देवेन्द्र निरौला, सुरेन्द्र निरौला, दिनेश निरौला, प्रेम निरौला, मनोरथ निरौला, जगन्नाथ निरौला, नीका निरौला, भवानी निरौला, दीपा निरौला, इन्दिरा निरौला र खगेन्द्र निरौलालाई चयन गरिएको छ ।
निरौला बन्धू सेवा समाजका केन्द्रिय अध्यक्ष हरिप्रसाद निरौलाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा, निरौला बन्धू सेवा समाजका पूर्वअध्यक्ष तेजनाथ निरौला, निरौला बन्धू सेवा समाजका केन्द्रीय सचिव बालकृष्ण निरौला, नरहरी निरौला, केन्द्रीय सदस्य जानुका निरौला, टंक निरौला, फडिन्द्र निरौला, मोरङ जिल्ला कमिटी अध्यक्ष विश्वनाथ निरौला, सचिव रेवती रमण निरौला सहसचिव डम्बर प्रसाद निरौला लगायतको उपस्थिति रहेको थियो ।
नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई निरौला बन्धू सेवा समाजका केन्द्रिय अध्यक्ष हरिप्रसाद निरौलाले सपथ गराउनुभयो । पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष सुरेन्द्र बहादुर निरौलाले उर्लाबारीस्थित निरौला वन्धू सेवा समाजलाई प्रदान गरिएको जग्गामा चाँडै मन्दिर तथा भवन निर्माणको काम सुरु गर्ने प्रतिवद्धता जनाउनुभयो ।