मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङ उद्योग वाणिज्य संघको साधारणसभा सम्पन्न, विभिन्न व्यक्तित्वहरु सम्मानित

रेवती रमण निरौला 160+ समाचार ( )
८ फाल्गुन २०८१, बिहीबार

लेटाङ । लेटाङ उद्योग वाणिज्य संघको २७ औँ साधारणसभा बिहीबार सम्पन्न भएको छ । बिहीबार संघको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथी संघीय सांसद तथा पूर्वमन्त्री डिगबहादुर लिम्बूले साधारणसभाको उद्घाटन गर्नुभयो । 

सो अवसरमा कोशी प्रदेश उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भीम पौडेल र लेटाङ उद्योग वाणिज्य संघका पूर्वपदाधिकारीहरु लगायतलाई सम्मान गरिएको छ । लेटाङ उद्योग वाणिज्य संघको स्थापना र विकासमा योगदान पुर्याएको भन्दै सँस्थाका निवर्तमान वरिष्ठ उपाध्यक्ष अशुंपति विश्वास, उद्योग सविच कुबेरप्रसाद पौडेल, वाणिज्य सचिव हिमालय श्रेष्ठ, कोषाध्यक्ष उत्तम श्रेष्ठ, सदस्य हरिनारायण चौधरी, दमयन्ती सुब्बा र टेकनाथ निरौलालाई सम्मान गरिएको हो । 

साथै लेटाङ उद्योग वाणिज्य संघको प्राङ्गण निर्माणमा सहयोग गरेबापत कोशी प्रदेश उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष व्यवसायि भीम पौडेललाई पनि सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री डिगबहादुर लिम्बू र  लेटाङ उद्योग वाणिज्य संघका अध्यक्ष खड्गबहादुर श्रेष्ठ लगायतले सबैजना व्यक्तित्वहरुलाई सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नुभयो । 

कार्यक्रममा बोल्दै संघीय सांसद तथा पूर्वमन्त्री डिगबहादुर लिम्बूले उद्योग वणिज्य संघलाई पार्टी र जाति भन्दा माथि उठाएर सबैको साझा सँस्थाको रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । फरक प्रसंगमा उहाँले मोरङ क्षेत्र नम्बर १ को विकासका लागि विभिन्न विकासका योजना सञ्चालन गरिएको भएपनि ठेकेदारको ढिलासुस्तीका करण जनताले सास्ती पाएको बताउनुभयो ।  

कार्यक्रममा बोल्दै लेटाङ नगरपालिकाका पूर्वप्रमुख शंकर राईले उद्योग वाणिज्य संघको साधारणसभामा व्यवसायिहरुको न्यून सहभागिता देखिएको भन्दै व्यवसायिको हकहितको विषयमा छलफल गरिने महत्वपूर्ण साधारणसभामा व्यवसायिहरुको सहभागिता न्यून हुन दुःखद् रहेको बताउनुभयो ।

यस्तै लेटाङ नगरपालिका उपप्रमुख कृष्ण कुमारी निरौलाले लेटाङ नगरपालिका सँधै व्यवसायिहरुको साथमा रहेको भन्दै व्यवसायिहरुले समेत नियम कानुनको परिधिमा रहेर व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोडदिनुभयो ।

यस्तै लेटाङ क्षेत्रमा निर्माणधिन विभिन्न सडकका ठेकेदार समेत रहेका कोशी प्रदेश उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष भीम पौडेलले सरकारले कम बजेट निकासा गरेका कारण निर्माणको काममा ढिलासुस्ती भएकाले पर्याप्त बजेट व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । 

यस्तै लेटाङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ओमप्रकाश श्रेष्ठले सुरुवाती दिनमा निकै संघर्ष गरेका कारण सँस्था हालको अवस्थामा आइपुगेको भन्दै उज्ज्वल भविष्यको कामना गर्नुभयो ।

यसैगरि लेटाङ क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकाल र लेटाङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष सूर्यबहादुर गिनेल मगरले जनप्रतिनिधिहरुले लेटाङ क्याम्पस र खानेपानीलाई प्राथमिकतामा नराखेको भन्दै गुनाशो गर्नुभयो ।

कार्यक्रममा सँस्थाका अध्यक्ष खड्गबहादुर श्रेष्ठ र महासचिव नेत्र प्रसाद निरौलाले सँस्थाको गतिविधि र भावि योजना समावेश गरिएको आ–आफ्नो प्रतिवेदन पेश गर्नुभयो  । कार्यक्रममा उद्योगी, व्यापारी, उद्योग वाणिज्य संघका पदाधिकारीहरु, सदस्यहरू, सञ्चारकर्मीहरु लागयत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार