मुख्य समाचार
लेटाङ नगरपालिकाद्वारा एसइइको निःशुल्क कोचिङ कक्षा सञ्चालन (भिडियोसहित) | लेटाङ २ बुधबारेमा नगरपालिकाद्वारा बजार अनुगमन, नियमित अनुगमन गर्न व्यवसायिको आग्रह (भिडियोसहित) | लेटाङमा प्रहरीको लागुऔषध सर्च अभियान, तालिमप्राप्त कुकुरको सहयोगमा चेकजाँच, ४ जना पक्राउ | सीटी चलाउँदै पढाइ खर्च जुटाउँदै, स्ववियु सभापतिका उम्मेदवार निशान | लेटाङ नगरपालिकाद्वारा ७८ जना श्रमिकको दुर्घटना विमा (भिडियोसहित) | कोशी प्रदेशमा दुर्व्यसनीविरुद्धको अभियान सुरु | लेटाङमा भव्यताका साथ मनाइयो ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस | नेकपा एमाले जिल्ला कमिटी मोरङमा लेटाङबाट ८ जना निर्वाचित (मतपरिणामसहितको विश्लेषण) | नोवेल एजुकेशन जाँतेमा खुल्ला चित्रकला कार्यशाला सम्पन्न (भिडियोसहित) | विद्यार्थीहरुलाई जाँतो र ओखल चिनाउँदै नोवेल एजुकेशन (भिडियोसहित) |

लेटाङमा सीडीएफ नेपालको परियोजना अभिमुखिकरण कार्यक्रम सम्पन्न

मोरङ खबर 356+ समाचार ( )
२ चैत्र २०८०, शुक्रबार

लेटाङ । ब्रेड फर द वल्र्ड जर्मनीको आर्थिक सहयोग र संस्थागत विकास संजालको प्राविधिक सहयोगमा सामुदायिक विकास मञ्च नेपालले सन् २०२४ मा कार्यान्वयन गर्ने विकासका लागि साझेदारी परियोजनाको वारे लक्षित समुदाय र सरोकारवालाहरुबीच अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । बिहीबार सीडीएफको हलमा भएको कार्यक्रममा लक्षित समुदाय र सरोकारवाला निकायहरुबीच परियोजना अन्तर्गतका कृयाकलापहरु, कार्यक्षेत्र, समयावधि, बजेट र कार्यान्वयन प्रकृयाको बारेमा र परियोजना कार्यान्वयनमा लक्षित समुदाय र सरोकारवाला निकायहरुको सम्वन्ध, सहयोग र साझेदारीता बारे अन्तरकृया गरियो ।

कार्यक्रममा प्रमुख अतिथि लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावतीले नागरिक समाज एक स्वतन्त्र निकाय भएकाले समाजमा देखापर्ने समस्याहरुको पहिचान र समाधानमा लागी पर्दा नगरपालिकाको इज्जत बढेको बताउनु भयो । उहाँले नगरले प्रकाशन गर्न लागेको अर्धवार्षिक बुलेटीनमा आआफ्नो लेख रचना छपाउन समेत आग्रह गर्नु भयो । उहाँले सिडिएफ नेपालसंग टोल विकास संस्थाहरुको क्षमता विकास र जनप्रतिनिधिहरुको क्षमता विकासमा नगरपालिकाले साझेदारी गर्ने बताउनु भयो ।

यस्तै कार्यक्रमका अतिथि वडा नम्बर ५ का वडाध्यक्ष भूम सूर्य मगरले लेटाङमा शान्ति निर्माणको बाधक तत्व लागुपदार्थ दुव्र्यसन भएकाले यसको न्यूनीकरणका लागि नगरपालिका, सिडिएफ नेपाल र नागरिक समाज मिलेर वृहत सचेतना कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा सहभागीहरुले पनि विभिन्न सुझाव दिएका छन् । उनीहरुबाट परियोजनाको बजेट कम भएता पनि कार्यक्रमहरु समग्रमा परिणाममुखी भएकाले परियोजना अन्तर्गतका कार्यक्रमहरु सफल पार्न सबैजना सक्रियतापूर्वक लागि पर्नुपर्ने, टोल विकास संस्थाहरुको क्षमता विकासका लागि १ दिने अन्तरकृया, तालिम भन्दा पनि सीप र ज्ञान हासिल हुने प्रकृतिका कार्यहरु गर्नुपर्ने, पालिका स्तरीय नागरिक सचेतना समूहमा सबै वडाहरुबाट सदस्य हुने व्यवस्था गर्नु पर्ने सुझावहरु प्राप्त भएका छन् ।

कार्यक्रममा लेटाङ नगरपालिका प्रमुख, वडाध्यक्षहरु, वडासदस्यहरु, नागरिक समाजका पदाधिकारी सदस्यहरु, विभिन्न ७ धर्मका धर्मगुरु तथा अनुयायीहरु र सिडिएफ नेपालका कार्य समिति पदाधिकारी सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो । परियोजना इञ्चार्ज नर बहादुर लिम्बूले सहजीकरण गर्नु भएको कार्यक्रममा सिडिएफ नेपालका अध्यक्ष श्री रामचन्द्र बुढाथोकीले सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिइ कार्यक्रमको समापन गर्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार