मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङमा सीडीएफ नेपालको परियोजना अभिमुखिकरण कार्यक्रम सम्पन्न

मोरङ खबर 407+ समाचार ( )
२ चैत्र २०८०, शुक्रबार

लेटाङ । ब्रेड फर द वल्र्ड जर्मनीको आर्थिक सहयोग र संस्थागत विकास संजालको प्राविधिक सहयोगमा सामुदायिक विकास मञ्च नेपालले सन् २०२४ मा कार्यान्वयन गर्ने विकासका लागि साझेदारी परियोजनाको वारे लक्षित समुदाय र सरोकारवालाहरुबीच अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । बिहीबार सीडीएफको हलमा भएको कार्यक्रममा लक्षित समुदाय र सरोकारवाला निकायहरुबीच परियोजना अन्तर्गतका कृयाकलापहरु, कार्यक्षेत्र, समयावधि, बजेट र कार्यान्वयन प्रकृयाको बारेमा र परियोजना कार्यान्वयनमा लक्षित समुदाय र सरोकारवाला निकायहरुको सम्वन्ध, सहयोग र साझेदारीता बारे अन्तरकृया गरियो ।

कार्यक्रममा प्रमुख अतिथि लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावतीले नागरिक समाज एक स्वतन्त्र निकाय भएकाले समाजमा देखापर्ने समस्याहरुको पहिचान र समाधानमा लागी पर्दा नगरपालिकाको इज्जत बढेको बताउनु भयो । उहाँले नगरले प्रकाशन गर्न लागेको अर्धवार्षिक बुलेटीनमा आआफ्नो लेख रचना छपाउन समेत आग्रह गर्नु भयो । उहाँले सिडिएफ नेपालसंग टोल विकास संस्थाहरुको क्षमता विकास र जनप्रतिनिधिहरुको क्षमता विकासमा नगरपालिकाले साझेदारी गर्ने बताउनु भयो ।

यस्तै कार्यक्रमका अतिथि वडा नम्बर ५ का वडाध्यक्ष भूम सूर्य मगरले लेटाङमा शान्ति निर्माणको बाधक तत्व लागुपदार्थ दुव्र्यसन भएकाले यसको न्यूनीकरणका लागि नगरपालिका, सिडिएफ नेपाल र नागरिक समाज मिलेर वृहत सचेतना कार्यक्रम सञ्चालन गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा सहभागीहरुले पनि विभिन्न सुझाव दिएका छन् । उनीहरुबाट परियोजनाको बजेट कम भएता पनि कार्यक्रमहरु समग्रमा परिणाममुखी भएकाले परियोजना अन्तर्गतका कार्यक्रमहरु सफल पार्न सबैजना सक्रियतापूर्वक लागि पर्नुपर्ने, टोल विकास संस्थाहरुको क्षमता विकासका लागि १ दिने अन्तरकृया, तालिम भन्दा पनि सीप र ज्ञान हासिल हुने प्रकृतिका कार्यहरु गर्नुपर्ने, पालिका स्तरीय नागरिक सचेतना समूहमा सबै वडाहरुबाट सदस्य हुने व्यवस्था गर्नु पर्ने सुझावहरु प्राप्त भएका छन् ।

कार्यक्रममा लेटाङ नगरपालिका प्रमुख, वडाध्यक्षहरु, वडासदस्यहरु, नागरिक समाजका पदाधिकारी सदस्यहरु, विभिन्न ७ धर्मका धर्मगुरु तथा अनुयायीहरु र सिडिएफ नेपालका कार्य समिति पदाधिकारी सदस्यहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो । परियोजना इञ्चार्ज नर बहादुर लिम्बूले सहजीकरण गर्नु भएको कार्यक्रममा सिडिएफ नेपालका अध्यक्ष श्री रामचन्द्र बुढाथोकीले सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिइ कार्यक्रमको समापन गर्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार