लेटाङ । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टीको एक कार्यक्रममा सहभागी हुन मोरङको मिक्लाजुङ आउनु हुने भएको छ । उहाँले नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत मिक्लाजुङ–५ मा पौष ६ गते शुक्रबार हुने कार्यक्रममा सहभागीता जनाउनु हुने भएको हो ।
मिक्लाजुङ–५ खोलिटारस्थित खेल मैदानमा हुने कार्यक्रममा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल आउने भएपछि भव्य तयारी गरिएको छ । उत्तरी मोरङको ग्रामिण क्षेत्रको रुपमा रहेको खोलिटारमा प्रधानमन्त्री आउने भएपछि स्थानीयवासी समेत उत्साहित भएका छन् । प्रधानमन्त्री नै आउने भएपछि उहाँले यस ठाउँमा पक्कै पनि कुनै ठूलै योजनाको घोषणा गर्ने स्थानीयवासीको अपेक्षा छ ।