मुख्य समाचार
इटहरीमा खुल्यो रिसोर्स एजुकेशन हब | लेटाङ राजारानीमा होमस्टे सञ्चालनका लागि रैथाने परिकार बनाउने तालिम सञ्चालन (भिडियोसहित) | लेटाङ जाँतेमा हर्सोल्लासपूर्वक मनाइयो उभौली पर्व, किराँत संग्राहलय तथा भ्यूटावर सञ्चालनमा (भिडियोसहित) | अनेरास्ववियु लेटाङ क्याम्पस कमिटीद्वारा विद्यार्थीहरुलाई झोला वितरण (भिडियोसहित) | लेटाङ ९ जाँतेमा भव्यताका साथ मनाइयो वुद्ध जयन्ती, विविध साँस्कृतिक झाँकी प्रदर्शन | ‘सुनौलो जून’ हाइकुसंग्रह लोकार्पण | निरौला वन्धू सेवा समाज लेटाङको तेश्रो अधिवेशन तथा उभौली गोठधुप पूजा सम्पन्न | लेटाङमै सुरु भयो क्यान्सरको विशेषज्ञ सेवा, अन्यत्र धाउनुपर्ने बाध्यता हट्यो (भिडियोसहित) | लेटाङ नगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना (भिडियोसहित) | लेटाङ नगरपालिकाद्वारा फुटबल खेलको प्रशिक्षण सुरु, १ सय ८० जनालाई सहभागी गराइने (भिडियोसहित) |

उत्तरी मोरङको चुरे क्षेत्रमा पूर्वपश्चिम कृषि सडक बन्ने, लेटाङ ७ वारांगीबाट डीपीआरको काम सुरु (भिडियोसहित)

रेवती रमण निरौला 127+ समाचार ( )
५ जेठ २०८१, शनिबार

लेटाङ । लेटाङ नगरपालिकाको पहलमा उत्तरी मोरङको चुरे क्षेत्रमा कृषि सडक निर्माणका लागि काम सुरु भएको छ । इलामको चुलाचुलीदेखि मोरङको मिक्लाजुङ, लेटाङ, केराबारी हुँदै धनकुटाको साँगुरीगढीसम्म जोड्ने कृषि सडक निर्माणका लागि पहिलो चरणमा डीपीआरको काम सुरु गरिएको छ ।

विभिन्न खण्डमा ठूला–साना ट्रयाक खोलिएको भएपनि सहजरुपमा यातायात सञ्चालन गर्न नसकिने अवस्थामा रहेका सडकहरुलाई एकीकृत गरि मोरङ जिल्लाको उत्तरी चुरे क्षेत्रलाई पूर्वपश्चिम जोड्ने गरि कृषि सडक निर्माण गर्न लागिएको हो । 

लेटाङ नगरपालिकाको अगुवाइ र अनुरोधमा निर्माण गर्न लागिएको सडकका लागि कोशी प्रदेश सरकारमार्फत बजेट व्यवस्थापन गरि डीपीआरको काम अघि बढाइएको छ । गत चैत्रमा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीको आग्रहमा कोशी प्रदेशका तत्कालिन मन्त्री कमल जवेगु र मोरङ १ ख का प्रदेश सांसद् खड्ग बस्नेत, पूर्वाधार विकास कार्यालयका प्रमुख सुशील श्रेष्ठ लगायतको टोलीले अवलोकन गरेपश्चात बजेट व्यवस्थापन गरि डीपीआरको काम अघि बढाइएको हो । 

मोरङ भएपनि चुरे पहाडका कारण पहाडी जिल्ला भन्दा पनि दुर्गम ठाउँ भएकाले यस क्षेत्रमा उत्पादित कृषि बालीको बजारीकरणका लागि सहज होस् भन्ने उद्देश्यले कृषि सडक निर्माणका लागि पहल गरेर काम सुरु गरिएको लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीले जानकारी दिनुभयो । 

पहिलो चरणमा लेटाङ नगरपालिका क्षेत्रको १५ किलोमिटर सडकखण्डको डीपीआरको काम भइरहेको छ । आगामी आर्थिक वर्षमा प्रदेश सरकारमार्फत लेटाङ खण्डका लागि बजेट व्यवस्थापन गरि सडक स्तरोन्नती गरेर बाह्रै महिना सहजरुपमा सवारी साधन सञ्चालन योग्य बनाउने समझदारी भएको नगर प्रमुख लावतीले जानकारी दिनुभयो ।

सो सडक लेटाङ नगरपालिका वडा नम्बर ७ को आहाले, तीनकटेरी, वाराजीधाम, देउराली, गंभीरे, फेदाब्जुङ र फूर्केटार गाउँ हुँदै तक्चूवा खोलादेखि केराबारीतर्फ जाने वडाध्यक्ष खगेन्द्र लिम्बूले जानकारी दिनुभयो । 

लेटाङको वारांगी, भोगटेनी, मिक्लाजुङको रमिते, केराबारीको सिंहदेवी, पाटी  लगायतका गाउँवस्तिहरु मोरङ जिल्लाकै कर्णालीको रुपमा चिनिन्छन् । सुगम जिल्ला भित्र पर्ने भएपनि यी बस्तीहरुमा सहज रुपमा यातायात सेवा समेत पुग्न सकेको छैन । जसका कारण यस क्षेत्रमा उत्पादन हुने अम्लिसो, अलैंची, सुन्तला, कागती, विभिन्न तरकारी बाली, खसिवाख्रा लगायत विक्रीका लागि बजार पुर्याउन कृषकहरुले महंगो मूल्य तिरेर हैरानी समेत खेप्नु परिरहेको छ ।

लेटाङ नगरपालिकाको पहलमा निर्माण गर्न लागिएको कृषि सडक निर्माण सम्पन्न भएमा इलामको चुलाचुलीदेखि मोरङको मिक्लाजुङ, केराबारी हुँदै धनकुटासम्मका कृषक र स्थानीयवासी लाभान्वित हुने देखिन्छ । 

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

दीपकराज राई १ श्रावण २०८१, मङ्गलबार

धेरै राम्रो कामको सुरुवात! लक्ष्य अनुसार समयमै सम्पन्न हुनसकोस शुभकामना!

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार