मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङ जाँतेमा गौसंरक्षणका लागि सुरभी महायज्ञ सम्पन्न

रेवती रमण निरौला 160+ समाचार ( )
८ पौष २०८१, सोमबार

जाँते । लेटाङ ९ जाँतेमा धुमधामका साथ श्रीमद्भागवत महापुराण तथा धन–धान्याचल सुरभी महायज्ञ सम्पन्न भएको छ । गौसंरक्षण र सम्वर्धनका लागि लेटाङ ९ जाँते गणेश मन्दिर परिसरमा सञ्चालित श्रीकृष्ण गौशाला जाँतेको आयोजनामा गत सोमबारदेखि सुर भएको महायज्ञ आइतबार सम्पन्न भएको हो ।

नयाँ वृन्दवन गौशाला सुन्दरहरैँचाका पीठाधिश दिनवन्धू शास्त्री महाराज र श्रीगोलोक गोवर्धन गौशाला शिवसताक्षीधाम झापाका पिठाधिश नन्दकिशोर भारद्वाज महाराजले गत सोमाबार उद्घाटन गर्नु भएको महायज्ञमा श्रीगोलोक गोवर्धन गौशाला शिवसताक्षीधाम झापाका आचार्य पण्डित घनश्याम खनालले कथावचन गर्नुभयो भने श्री वैजनाथ अधिकारी प्रारम्भिक सँस्कृत विद्यापिठ लेटाङ जाँतेका गुरु पण्डित सुदिप ढुंगानाले पाठपरायण गर्नु भएको थियो । 

भागवत कथाका साथै गाईको महिमा बारे मानिसहरुलाई जानकारी दिएर गाई संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिंदै गौशालाको विकास र प्रवर्धनका लागि महायज्ञ सञ्चालन गरिएको हो । 

मोरङ जिल्लामै पहिलोपटक आयोजना गरिएको सुरभी महायज्ञमा ठूलो संख्यामा भक्तजनहरुले सहभागिता जनाएको र सफलतापूर्वक सम्पन्न भएको आयोजक समितिका अध्यक्ष सुजित बुढाथोकीले बताउनुभयो । महायज्ञमा नगद र जिन्सी गरेर अनुमानित २० लाख भन्दा बढीको दान प्राप्त भएको कोषाध्यक्ष मनोरथ घिमिरेले जानकारी दिनुभयो । महायज्ञको आम्दामी र खर्च बारे १ साता भित्र सार्वजनिक सुनुवाई गरि जानकारी गराइने भने उहाँले बताउनुभयो । 

महायज्ञमा दैनिक कथाप्रवचन, महात्म्य भजनकिर्तन लगायतका धर्मिक कार्यक्रम सञ्चालन गरिएको थियो । साथै प्रतियोगितात्मक भजनकिर्तन सञ्चालन गरि उत्कृष्ट हुनेहरुलाई ढोलक पुरस्कार दिइएको थियो । महायज्ञको समापन समारोहमा महायज्ञमा विभिन्न भूमिकामा सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । यस क्षेत्रलाई झापाको सताक्षीधाम झैँ धर्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताइएको छ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार