मुख्य समाचार
लेटाङस्थित सैनिक शिक्षालयमा बाजागाजासहित फुलपाती भित्र्याइयो | लेटाङमा संविधानको पुस्तक बाँढेर मनाइयो संविधान दिवस | जेन जी आन्दोलनमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ सय ४७ घाइते | राजारानी पुगेर दाउरामा खाना पकाउन सिक्दै लेटाङका विद्यार्थीहरु | लेटाङ प्याब्सनको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न, ग्यालेक्सी र नोबेल प्रथम | भिडियो खिच्न रोक लगाउने मोरङका सीडीओले पत्रकारसँग मागे माफि | रेडस्टार मावि र ऋतम्भरा कलेजमा स्वागत तथा अभिमुखिकरण सम्पन्न, विद्यार्थीसँगै नाचे राजेश हमाल | कोशी प्रदेशका मुख्यमन्त्री र जापानका राजदूत माईडा टोरु बीच भेटवार्ता | विराटनगरमा पाँचौँ विराट सडक महोत्सव हुने, प्रवेश निःशुल्क | मुख्यमन्त्री र जापानी राजदुत लेटाङ आउँदै, पुस्तकालय उद्घाटन गर्ने कार्यक्रम |

सुन्दरहरैंचा-६ द्वारा उदाहरणीय महिला र संस्था सम्मानीत

मोरङ खबर 394+ समाचार ( )
१९ मंगशिर २०८०, मङ्गलबार

मोरङ । सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ६ ले वडाका ५ जना महिला र २ वटा संस्थालाई सम्मान गरेको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत वडाको डिपू चोकमा मंंगलबार सुन्दरहरैंचा नगरपालिका उपप्रमुख अकली चौधरीको प्रमुख आतिथ्यतमा विशेष कार्यक्रम गरि ५ जना विभिन्न क्षेत्रमा उदाहरणीय महिला र २ वटा सामाजिक संस्थालाई सम्मान गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका उपप्रमुख अकली चौधरी, वडा नम्बर ६ का वडाध्यक्ष सन्तोष लिङ्देनलगायतले सम्मानपत्र दिनुका साथै दोसल्ला ओढाएर सम्मान गर्नुभयो । अग्रजहरुको उचित लालनपालन गर्ने, सीपको सदुपयोग गर्ने, संघर्षमय जीवन बिताउने, पिछडिएको बस्तीमा चेतना फैलाउने, संस्कृतिको सम्वद्र्धन गर्ने लगायतका काममा सक्रिय भएकाहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा स्थानीय अञ्जना विश्वकर्मा, ताराकुमारी दर्जी, बिल्टी चौधरी, वैजयन्ती लिम्बू, सावित्री ऋषिदेव, पारिजात महिला बचत तथा ऋण सहकारी संस्था र हिमचुली सांस्कृतिक समूहलाई सम्मान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले घरबाटै लैङ्गिक हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । वडा नम्बर ६ बाट निर्वाचित कार्यपालिका सदस्य टुनाकुमारी विश्वकर्माको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन वडासदस्य गीता मिश्रले गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार