मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङ टि-ट्वान्टी सिरिजको उपाधि त्रिवेणी राइनोजलाई

मोरङ खबर 407+ समाचार ( )
२९ फाल्गुन २०८०, मङ्गलबार

लेटाङ । लेटाङमा सोमबार सम्पन्न लेटाङ टि-ट्वान्टी क्रिकेट सिरिजको उपाधि त्रिवेणी राइनोजले जितेको छ । फाइनलमा ह्याप्पी क्लब माथि ८ विकेटको सानदार जित हासिल गरेको त्रिवेणीले जितसँगै नगद १५ हजार र ट्रफी हात परेको छ । उपविजेतामा चित्त बुझाउन बाध्य ह्याप्पीले भने नगद ७ हजार ५ साय प्राप्त गरेको छ । 

लेटाङ ५ स्थित प्रस्तावित बुद्ध रंगशालामा टस हारी ब्याटिङको निम्तो पाएको ह्याप्पी क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १० रनको मध्यम स्कोर बनाएको थियो । ह्याप्पीका माधव निरौलाले सर्वाधिक २६ रन र विजु श्रेष्ठले नटआउट २२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानहरूले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ह्याप्पीलाई मध्यम स्कोरमा रोक्न त्रिवेणीका कप्तान उत्तम ढकालले ३ विकेट लिएका थिए । 

१ सय ११ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको त्रिवेणीले सुरुवाती २ विकेट सस्तैमा गुमाए पनि अभि सुवेदी र प्रेमसागर दाहालले तेस्रो विकेटका लागि अविजित रहँदै सतकिय साझेदारी गरेपछि त्रिवेणीले लय समातेको हो । त्यसपछि ११.५ ओभरमा २ विकेटको क्षतिमा ११५ रन बनाउाँदै त्रिवेणीले ८ विकेटको सानदार जित हात पारेको हो । त्रिवेणीका अभि सुवेदीले नटआउट ५५ रनको अर्धशतकीय पारी खेले भने प्रेम सागर दाहालले नटआउट ४४ रन बनाएका थिए । ह्याप्पीका एमबी लिम्बूले २ विकेट लिएका थिए । 

फाइनल खेलमा ४ चौका र ६ छक्का सहित २७ बलमा नटआउट ५५ रन बनाएका त्रिवेणीका अभि सुवेदी म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा ३ खेलमा सर्वाधिक ८८ रन बनाएका त्रिवेणीका प्रेमसागर दाहाल उत्कृष्ट ब्याट्सम्यान घोषित भए । यस्तै ३ खेलमा ७ विकेट लिएका त्रिवेणीका द्रोण मगर उत्कृष्ट बलर घोषित भए भने ३ खेलमा ७ विकेट  र ४२ रन लिएका ह्याप्पीका एमबी लिम्बू म्यान अफ दी सिरिज घोषित भए । 

फाइनल खेलको पुरस्कार वितरण समारोहका प्रमुख अतिथि लेटाङ वडा नं ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, प्रतियोगिता संयोजक विवस श्रेष्ठ, अतिथिहरू काया डिजाइनर्सका प्रोपाइटर सुदेश वस्ती, मिलन कपडा पसलका प्रोपाइटर मिलन श्रेष्ठ, प्राइम बैंकका शाखा प्रवन्धक सतिस काफ्ले, लियो क्लब अध्यक्ष राजेश ढकाल, शिखर कम्प्युटर इन्स्टिच्युटका प्रोपाइटर सुर्य घिमिरे लगायतले विजेता, उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार प्रदान गर्नुभयो । 

लेटाङका क्रिकेट खेलाडीहरू त्रिवेणी राइनोज, ह्याप्पी क्लब र युनाइटेड क्लबमा आवद्ध भइ सोही क्लबहरूको संयुक्त आयोजनामा फागुन २५ गतेदेखि २८ गतेसम्म प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितालाई वडा नं ४ ले प्रथम पुरस्कार तथा नगर प्रमुखका स्वकीय सचिव रुपेश खड्काले दोस्रो पुरस्कार प्रायोजन गर्नु भएको थियो भने लेटाङका व्यवसायी तथा खेलप्रेमीहरूले समेत आर्थिक सहयोग गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार