मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

जंगल क्षेत्रमा मदन भण्डारी राजमार्ग निर्माणमा ढिलासुस्ती, बजेट अभाव र रुख नहटाउँदा समस्या (भिडियोसहित)

मोरङ खबर 407+ समाचार ( )
१५ माघ २०८०, सोमबार

मोरङ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पूर्वपश्चिम जोड्ने बैकल्पिक सडकको रुपमा निर्माणाधिन मदन भण्डारी राजमार्ग निर्माण कार्यमा ढिलासुस्ती भएको छ । सरकारबाट पर्याप्त बजेट व्यवस्थापन नहुँदा र जंगल क्षेत्रको रुख हटाउने विषयमा सरकारी निकायहरुबीच तालमेल नमिल्दा राजमार्गको जंगल क्षेत्रको काम अघि बढ्न सकेको छैन । अधिकांश गाउँबस्ती खण्डमा सडक निर्माण कार्य अघि बढेपनि जंगल क्षेत्रमा भने पुल र साना कल्बट बनाउने बाहेक अरु काम भएको छैन ।  

मोरङको केराबारी लेटाङ मिक्लाजुङ खण्डको गाउँखण्डमा सडक निर्माण कार्य निकै अघि बढेपनि जंगल खण्डमा भने समस्या देखिएको छ । जंगल क्षेत्रमा   पुलहरु निर्माण कार्य अन्तिम चरणमा पुगेको भएपनि रुख कटान नहुँदा सडक निर्माणमा भने ढिलासुस्ती भएको छ ।  

धरान–केरावारी–लेटाङ–मधुमल्ला–बेलडाँगी सडकखण्डको ५३ किलोमिटर भित्र ५ हजार ७ सय ८९ वटा रुख पर्छन्  ।  मदन भण्डारी राजमार्ग आयोजना दमक कार्यालयका सूचना अधिकारी सुभासकुमार दत्तका अनुसार आयोजनाले २०७९ चैत १० गते वन मन्त्रालयलाई रुख हटाइदिनु भनेर पत्राचार गरेको थियो ।

वन मन्त्रालयले समयमा रुख नहटाइदिँदा काम रोकिएको आयोजनाका प्रमुख गोपालप्रसाद खकुरेलको भनाइ छ । खकुरेलका अनुसार एकातिर प्रर्याप्त बजेटको अभाव छ भने अर्कोतर्फ रुख हटाउन वन मन्त्रालयले चासो नदेखाउँदा काममा ढिलासुस्ती भएको हो । उहाँका अनुसार ४ अर्व ६० लाख ६६ हजारमा ठेक्का लागेको सडकको हालसम्म १ अर्ब ५२ करोड १३ लाख ३६ हजार रुपैयाँ मात्र भुक्तानी भएको छ । त्यस्तै सडकमा पर्ने पुल निर्माण गर्न ६ अर्ब १२ करोड ६२ लाख ५४ हजार रुपैयाँमा ठेक्का लगाइएको थियो ।

आर्थिक वर्ष ०८०।०८१ मा आयोजनाका लागि सरकारले ४९ करोड रुपैयाँ मात्र विनियोजन गरेको उहाँको भनाइ छ । खकुरेलका अनुशार हाल भइरहेको काम र प्रगति विवरण हेर्दा आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ४५ करोड रुपैयाँ निर्माण कम्पनीहरूलाई दिनुपर्ने देखिएपनि श्रोतको सुनिश्चितता छैन । 

राजमार्ग निर्माणकाको काम सुरु भएको निकै वर्ष भइसक्दा समेत जंगल क्षेत्रमा काम अघि नबढ्दा समस्या भएको स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ । लेटाङ नगरपालि उपप्रमुख कृष्णकुमारी निरौला अफुहरुले पटक पटक पहल गरेपनि जंगल क्षेत्रको काममा ढिलासुस्ती भएको गुनासो गर्नुहुन्छ । चालु अािर्थक वर्षमा सरकारले पर्याप्त बजेट व्यवस्थापन नगरेका कारण झन समस्या भएको उहाँको भनाइ छ । 

सडक क्षेत्रका रुख हटाउन कानूनी जटिलता हुनु र बजेटको सुनिश्चितता नहुँदा आयोजनाको ठेक्का अवधि थप हुने देखिएको छ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले मदन भण्डारी राजमार्ग निर्माण गर्ने घोषणा गरेपछि खुशी भएका यस क्षेत्रका वासिन्दा यतिबेला निराश भएका छन् । काम थालेको वर्षौं भइसक्दा समेत कामले गति नलिएपछि स्थानीयमा राजमार्ग नै नबन्ने होकी भन्ने आशंका उत्पन्न भएको छ ।  

यता जिल्ला वन कार्यालय मोरङले भने भौतिक पूर्वाधार मन्त्रालयको दोहोरो कामले गर्दा रुख हटाउन कानूनी समस्या भएको जनाएको छ । मोरङका निमित्त डिभिजनल वन अधिकृत रामलखन ठाकुरले सुरुमा सडकको केन्द्र विन्दूबाट १०\१० मिटर दाँया÷बाँयाका रुख हटाउन पत्राचार गरिएकोमा पछि सडकको दाँयाबाँया १५ \१५ मिटरका रुख हटाउनु पर्ने भनेर सूचना आएको बताउनुभयो । उहाँका अनुशार पछि फेरि वनमा धेरै ठूलो क्षति हुने भन्दै पूर्ववत काम गर्न आयोजना तयार भएको थियो ।

समय–समयमा फरक फरक संख्यामा रुख हटाउनु पर्ने सूचना आएपछि काम रोकिएको ठाकुरको भनाइ छ । मोरङमा मात्र ३५ दशमलव ४ किमी सडक पर्छ । जसमध्ये ७ किमी जङ्गल क्षेत्र रहेको छ । जङ्गलका रुखमा नम्बर लगाउने बाहेक कुनै पनि काम अघि बढेको छैन । यस्तै सुनसरीमा ७ किमि, झापामा ३ कीमी र इलाममा ६ किमी जङ्गल क्षेत्र पर्दछ ।  

भिडियो समाचार हेर्न यहाँ   https://fb.watch/pToUtoTYd5/  क्लिक गर्नुहोला, भिडियो हेरिसकेपछि शेयर पनि गर्नुहोला ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार