मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

एमाले कोशी अधिवेशन : घनश्याम खतिवडाको सुरुवाती अग्रता

मोरङ खबर 407+ समाचार ( )
१५ अशोज २०८०, सोमबार

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणना सार्वजनिक भएको छ । प्रारम्भिक नतिजा अनुशार घनश्याम खतिवडाले अग्रता लिएका छन् ।

जम्मा २ सय ६२ मत गणना हुँदा खतिवडाले १ सय ४१ मत पाएका छन् भने उहाँका प्रतिस्पर्धि विनोद प्रसाद ढकालले १ सय २१ मत पाएका छन् । दिउँसो २ बजेदेखि नै मतगणना सुरु हुने भनिए पनि साढे ५ बजेदेखि मात्र सुरु भएको हो । मतगणनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने ७ ठाउँमा मतगणना गरिएको छ ।

सुरुमा पदाधिकारीको मात्र गणना गरिने भएकाले पदाधिकारीको मतपरिणाम चाँडै घोषणा हुने देखिएको छ । पदाधिकारीको सकेर मात्र सदस्यहरुको मतगणना हुने बताइएको छ । निर्वाचनमा जम्मा ९ सय ७७ जना प्रतिनिधिले मतदान गरेका छन् ।

कुल ९ सय ९७ प्रतिनिधिमध्ये २० जना अनुपस्थित भएका थिए । गएराति १० बजेदेखि सुरु भएको मतदान विहान ५ बजजेतिर मात्र सकिएको थियो ।  

   अधिवेशनले २ सय १५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ । प्रदेश कमिटी सदस्य पदमा भने केही जिल्लामा निर्विरोध भएका छन् । 

एमालेको कोशी प्रदेश कमिटीको अध्यक्षमा मोरङका घनश्याम खतिवडा र विनोद ढकाल उम्मेदवार हुनुहुन्छ । यता उपाध्यक्षमा भने धनुकटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित हुनु भएको छ । सचिवमा उदयपुरका शैलेश लामा र पाँचथरका राजकुमार भण्डारी उम्मेदवार हुनुहुन्छ ।

यसैगरि २ जना उपसचिवका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा खोटाङका देवान राई,  मोरङका खेम नेपाली र झापाकी जलवर्षा राजवंशी उम्मेदवार छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार