मुख्य समाचार
अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान | लेटाङमा ३९० घण्टे सीपमूलक प्राविधिक तालिम सुरु | “लेटाङ रन” को तेश्रो संस्कारण माघ १ गते हुने / करिव ८ सय धावक सहभागी हुँदै (भिडियोसहित) | लेटाङ एडभान्स हस्पिटलको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न / २९२ जनाले लिए सेवा / १० जेष्ठ नागरिकलाई विशेष सम्मान | सुन्दरहरैंचामा दोस्रो उपमेयर कप अन्तर–पालिका महिला भलिबल प्रतियोगिता हुने |

नेकपा एमाले जिल्ला कमिटी मोरङमा लेटाङबाट ८ जना निर्वाचित (मतपरिणामसहितको विश्लेषण)

मोरङ खबर 405+ समाचार ( )
२४ फाल्गुन २०८१, शनिबार

लेटाङ । नेकपा एमाले मोरङको दशौँ जिल्ला अधिवेनका क्रममा भएको निर्वाचनमा विजयी हुँदै लेटाङ नगरपालिकाबाट ९ जना जिल्ला किमटी सदस्यमा निर्वाचित भएका छन् । जसमा हल खुलातर्फबाट १ जना, लेटाङ भूगोल खुलाबाट ४ जना, लेटाङ भूगोल युवाबाट १ जना र लेटाङ भूगोल महिलाबाट २ जना विजयी भएका छन् । 

जिल्ला भरिका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने हल खुलातर्फबाट लेटाङ ३ का रुद्र श्रेष्ठ विजयी हुनु भएको छ । लेटाङले पाउने ७ जनाको कोटा भन्दा बाहिरबाट जिल्लाव्यापि प्रतिस्पर्धामा सहभागी भएका श्रेष्ठ ३ सय २१ मत प्राप्त गरि विजयी हुनु भएको हो । 

यस्तै लेटाङ भूगोल महिलातर्फ २ जनाको कोटामा ३ जनाको उम्मेदवारी परेकामा लेटाङ ९ की केशब कुमारी खतिवडा ५ सय ३९ मत ल्याएर विजयी हुनुभयो । उहाँले लेटाङबाट विजयी हुनेमध्ये सर्वाधिक मत प्राप्त गर्नु भएको हो ।

यस्तै लेटाङ भूगोल महिलातर्फबाट लेटाङ २ की मेनुका आचार्य सुवेदी ३ सय ७१ मतका साथ विजयी हुनुभयो । यसैगरि लेटाङ भूगोल युवातर्फको १ मात्र कोटामा २ जनाको उम्मेदवारी परेकामा ३ सय ७८ मत प्राप्त गर्दै लेटाङ ४ की वडासदस्य चम्पा थापा मगर विजयी हुनुभयो । 

लेटाङ भूगोल खुलातर्फ लेटाङले पाएको ४ वटा जिल्ला सदस्य पदमा ८ जनाको उम्मेदवारी परेकामा लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ भूगोल खुलातर्फ सर्वाधिक तथा लेटाङबाट विजयी हुनेमध्ये दोश्रो बढी ४ सय ३५ मत प्राप्त गर्दै विजयी हुनुभयो ।

यस्तै भूगोल खुलातर्फ लेटाङ ३ का वडाध्यक्ष डम्बरबहादुर राई ३ सय ४३, लेटाङ ५ का वडाध्यक्ष भूम सूर्य मगर ३ सय ४२ र लेटाङ ९ का वडासदस्य खेमराज ढकाल ३ सय २८ मत ल्याएर विजयी हुनुभयो । 

हल खुला बाहेक लेटाङको कोटाबाट निर्वाचित हुनेमध्ये केशबकुमारी खतिवडाले सर्वाधिक ५ सय ३९ मत प्राप्त गर्दा खेमराज ढकालले सबैभन्दा कम ३ सय २८ मत ल्याएर विजयी हुनुभयो । यसैगरि लेटाङले पाउने ७ जनाको कोटा बाहेक समावेशी दलित महिलातर्फ उम्मेदवारी दिएकी हरिमाया विक भने पराजित हुनु भएको छ ।

लेटाङबाट जम्मा १५ जनाले उम्मेदवारी दिएकामा ८ जना जिल्ला कमिटी सदस्य बन्न सफल भएका छन् ।  

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार