मुख्य समाचार
नेपाल तरूण दल इटहरीको अधिवेसन सम्पन्न, नयाँ कार्य समिति चयन | लेटाङमा नीति निर्माणको नयाँ अभ्यास सुरु, विभिन्न पक्षसँग सुझाव माग | निरौला वन्धू सेवा समाजको १२ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा डाक्टर तुलशीप्रसाद निरौला | जनताले मिल्काएर, फ्याँकेर रछ्यानमा पुगिसकेको राजतन्त्र फर्कन सक्दैन : प्रधानमन्त्री ओली (भिडियोसहित) | नेकपा एमाले सुन्दरहरैँचाको अध्यक्षमा डिल्लीप्रसाद ढकाल विजयी | “लेटाङको न्यायिक अभ्यास” पुस्तक सार्वजनिक | लेटाङ नगरपालिकाद्वारा नीति तथा कार्यक्रम निर्माणका लागि नगरवासीसँग सुझाव माग | कमलपुर सामुदायिक वनद्वारा ४५ जना उपभोक्ताको निःशुल्क विमा | ईरान राईको कवितासंग्रह ‘इतिहास’ सार्वजनिक | साहित्य सदन नेपालको आयोजनामा कविता महोत्सव हुने |

नेकपा एमाले जिल्ला कमिटी मोरङमा लेटाङबाट ८ जना निर्वाचित (मतपरिणामसहितको विश्लेषण)

मोरङ खबर 363+ समाचार ( )
२४ फाल्गुन २०८१, शनिबार

लेटाङ । नेकपा एमाले मोरङको दशौँ जिल्ला अधिवेनका क्रममा भएको निर्वाचनमा विजयी हुँदै लेटाङ नगरपालिकाबाट ९ जना जिल्ला किमटी सदस्यमा निर्वाचित भएका छन् । जसमा हल खुलातर्फबाट १ जना, लेटाङ भूगोल खुलाबाट ४ जना, लेटाङ भूगोल युवाबाट १ जना र लेटाङ भूगोल महिलाबाट २ जना विजयी भएका छन् । 

जिल्ला भरिका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने हल खुलातर्फबाट लेटाङ ३ का रुद्र श्रेष्ठ विजयी हुनु भएको छ । लेटाङले पाउने ७ जनाको कोटा भन्दा बाहिरबाट जिल्लाव्यापि प्रतिस्पर्धामा सहभागी भएका श्रेष्ठ ३ सय २१ मत प्राप्त गरि विजयी हुनु भएको हो । 

यस्तै लेटाङ भूगोल महिलातर्फ २ जनाको कोटामा ३ जनाको उम्मेदवारी परेकामा लेटाङ ९ की केशब कुमारी खतिवडा ५ सय ३९ मत ल्याएर विजयी हुनुभयो । उहाँले लेटाङबाट विजयी हुनेमध्ये सर्वाधिक मत प्राप्त गर्नु भएको हो ।

यस्तै लेटाङ भूगोल महिलातर्फबाट लेटाङ २ की मेनुका आचार्य सुवेदी ३ सय ७१ मतका साथ विजयी हुनुभयो । यसैगरि लेटाङ भूगोल युवातर्फको १ मात्र कोटामा २ जनाको उम्मेदवारी परेकामा ३ सय ७८ मत प्राप्त गर्दै लेटाङ ४ की वडासदस्य चम्पा थापा मगर विजयी हुनुभयो । 

लेटाङ भूगोल खुलातर्फ लेटाङले पाएको ४ वटा जिल्ला सदस्य पदमा ८ जनाको उम्मेदवारी परेकामा लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ भूगोल खुलातर्फ सर्वाधिक तथा लेटाङबाट विजयी हुनेमध्ये दोश्रो बढी ४ सय ३५ मत प्राप्त गर्दै विजयी हुनुभयो ।

यस्तै भूगोल खुलातर्फ लेटाङ ३ का वडाध्यक्ष डम्बरबहादुर राई ३ सय ४३, लेटाङ ५ का वडाध्यक्ष भूम सूर्य मगर ३ सय ४२ र लेटाङ ९ का वडासदस्य खेमराज ढकाल ३ सय २८ मत ल्याएर विजयी हुनुभयो । 

हल खुला बाहेक लेटाङको कोटाबाट निर्वाचित हुनेमध्ये केशबकुमारी खतिवडाले सर्वाधिक ५ सय ३९ मत प्राप्त गर्दा खेमराज ढकालले सबैभन्दा कम ३ सय २८ मत ल्याएर विजयी हुनुभयो । यसैगरि लेटाङले पाउने ७ जनाको कोटा बाहेक समावेशी दलित महिलातर्फ उम्मेदवारी दिएकी हरिमाया विक भने पराजित हुनु भएको छ ।

लेटाङबाट जम्मा १५ जनाले उम्मेदवारी दिएकामा ८ जना जिल्ला कमिटी सदस्य बन्न सफल भएका छन् ।  

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार