मोरङ । मोरङका स्रष्टा रमेश निरौलाको गजलसंग्रह ‘भावका भँगालाहरू’ लोकार्पण गरिएको छ । बेलबारी साहित्य विकास समितिको आयोजनामा बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित एक कार्यक्रममा निरौलाको उक्त कृतिको लोकार्पण गरिएको हो ।
बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, संविधानसभा सदस्य मधु गुरुङ, भाषाविद् अमृतप्रसाद आचार्य, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. छवि वैरागी घिमिरेलगायतका विशिष्ट व्यक्तित्वहरूले निरौलाको कृति लोकार्पण गर्नुभयो ।
कार्यक्रममा बेलाबारीका अग्रज स्रष्टा एवम् राजनीतिकर्मी इरान राईले साहित्यकार रमेश निरौलाको व्यक्तिगत परिचय प्रस्तुत गदै उहाँसँग जोडिएका केही क्षण तथा स्वभावको समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा लोकार्पित कृतिमाथि लेखक तथा अनुसन्धाता केशु विरहीले अलोचनात्मक समीक्षा प्रस्तुत गर्नुभयो । पत्रकारसमेत रहेका विरहीले निरौलाका गजलले बहु विषयलाई उठाएको, कृतिमा मायाप्रेम, धोका पीडाका साथै विकृति, विसंगति विरुद्धको कडा व्यङ्ग्य मात्र नभएर युवाहरूमा आशावादी स्वरसमेत सुसेलेको बताउनुभयो ।
मुक्तकबाट नेपाली साहित्यमा प्रवेश गरेका निरौला कविता, गजल, गीता तथा लघुकथा विधामा समेत कलम चलाउँदै आउनु भएको छ । विभिन्न संघसंस्थामा रहेर काम गरेका निरौला बेलबारी साहित्य विकास समितिका वर्तमान अध्यक्षसमेत हुनुहुन्छ ।

कार्यक्रममा गायक तथा संगीतकारहरुले निरौलाका गजलसंग्रहमा संग्रहित केही गजलहरुको संगीतमय गायनको प्रस्तुति दिएर सहभागीहरुलाई मन्त्रमुग्ध बनाएका थिए । लोकार्पित कृतिभित्रबाट चिरञ्जीवी काफ्ले, चण्डी राई, सानु राईलगायतका गायक तथा कलाकारले गजल गायन प्रस्तुत गरेका हुन् ।
यस्तै डा. छवि वैरागी घिमिरे, भरत बर्बरिक, नवराज पोखरेल नवशिला, हेमसागर पोखरेल, एकराज भट्टराई, विवेक कार्की, लगायतका लेखक तथा स्रष्टाहरूले ‘भावका भँगालाहरू’ भित्रका गजल वाचन गरेर सुनाएका थिए ।
कार्यक्रममा बेलबारीमा भाषा, साहित्य तथा कलाको क्षेत्रलाई संस्थागत गर्न सहयोग गर्ने तत्कालीन बेलबारी गाविसका सचिव पदम विनोद घिमिरेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भूपेन्द्रप्रसाद कोइराला, बेलबारी नगरपालिका ३ नं वडाका अध्यक्ष योगेन्द्रप्रसाद सुवेदी, झोराहाट नाट्य समूहका अध्यक्ष भरत बर्बरिक, भानु साझा पुस्तकालय, सुन्दरहरैँचाका अध्यक्ष पुरन याक्खा, साहित्य कला प्रवर्धन समिति पथरीशनिश्चरेका सचिव लक्ष्मीप्रसाद फुयाँल, लेटाङ साहित्य कला संगमका अध्यक्ष गणेश दवाडी, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, प्रगतिशील लेखक संघ कोसी प्रदेशका अध्यक्ष विन्दु दाहाल मूकदर्शक, विराट साहित्य समाजका कार्यवाहक अध्यक्ष विदुर सुवेदी, प्रलेस मोरङका अध्यक्ष यज्ञराज सुवेदी सुसेलीलगायतका विभिन्न साहित्यिक तथा सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

यस्तै कार्यक्रममा केशव सुनाम, डिल्लीराम ओझा, श्रेष्ठ परिक्रमा, गोपाल नेपाल, धनजीत पराजुली, एन बी दाहाल नवीन, रामप्रसाद खरेल, रोमु अधिकारी, किशोर कोइराला, प्रिन्स प्रमोदकुमार ढकाल, रोहिणी रसिक, उमा सिजापती, गणेश लामा, रोहित पराई, जेबी खत्री, युवराज ठकुरी, बादलदेवी चाम्लिङ, नवराज पोखरेल नवशिला, सिजन श्रेष्ठ, भीम बस्नेत, शिव छाङ्छा राई, विकास बुढाथोकी, शेरबहादुर खपाङ्गी मगर, प्रकाश भट्टराई, सुन्दर भट्ट, विनोद विवश घिमिरे, केपी घिमिरे, शेखर मगर, टेकराज एकचाई मगर, प्रेमबहादुर गुरुङ, जुनु बुढाथोकी, गीता कुलुङ राईलगायतका लेखक तथा कलाकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विशेष गरेर झापा, मोरङ र सुनसरीका लेखक तथा कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।
बेलबारी साहित्य विकास समितिका उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सँस्थाका उपाध्यक्ष गोविन्द चोङबाङले स्वागत मन्तव्य राख्नु भयो भने कार्यक्रम सञ्चालन संगीतकर्मी जेबी थुलुङले गर्नुभयो ।
