मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

विद्यार्थीले पाउनु पर्ने गाडी भाडा छुट गराउन स्ववियुको पहल

मोरङ खबर 407+ समाचार ( )
९ असार २०८०, शनिबार

टाङ । स्वतन्त्र विद्यार्थी युनियन लेटाङ बहुमुखी क्याम्पसले सार्वजनिक यातायातमा विद्यार्थीलाई दिइनु पर्ने छुट विद्यार्थीले नपाएको भन्दै विभिन्न निकायको ध्यानाकर्षण गराएको छ । स्वतन्त्र विद्यार्थी युनियन लेटाङ बहुमुखी क्याम्पसका सभापति छवि श्रेष्ठसहितको टोलीले लेटाङ नगरपालिका, इलाका प्रहरी कार्यालय लेटाङ र उत्तरी मोरङ यातायात प्रा. लि. लाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थीहरुले पाउनु पर्ने ४५ प्रतिशत छुट नपाएको भन्दै ध्यानाकर्षण गराएको हो ।

उनीहरुले लेटाङ नगर प्रमुख भूपेन्द्र कुमार लावती र उपप्रमुख कृष्णकुमारी निरौलालाई ज्ञापनपत्र बुझाउँदै छुटका लागि पहल गरि दिन माग गरेका छन् । खासगरि लेटाङ नगरपालिकाको लेटाङ बजारबाट कानेपोखरीसम्म र लेटाङ नगरपालिकाको जाँतेबाट पथरी बजारसम्म सञ्चालन हुने सार्वजनिक यातायातले छुट नदिएको भनि विद्यार्थीहरुले गुनाशो गरेपछि ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाइएको स्ववियू सचिव पुजेश अधिकारीले जानकारी दिनुभयो । स्ववियु सभापति छवि श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा माग सुनुवाई नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार