मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

कर्मचारी आन्दोलनको विषयमा लेटाङ नगरपालिकाका कर्मचारीहरुद्वारा युवा तथा खेलकुद मन्त्री लिम्बूलाई ज्ञापनपत्र हस्तान्तरण

विवेक वस्ती 22+ समाचार ( )
२३ अशोज २०८०, मङ्गलबार

लेटाङ । लेटाङ नगरपालिकामा कार्यरत कर्मचारीहरुले स्थानीय तहका कर्मचारीहरुको आन्दोलनको विषयमा ध्यानाकर्षण गराउँदै युवा तथा खेलकुद मन्त्री डीकबहादुर लिम्बूलाई ज्ञापनपत्र बुझाएका छन् । मन्त्री लिम्बू गृहनगर लेटाङ आएको मौका पारि उहाँको घरमै पुगेर लेटाङ नगरपालिका स्थानीय संघर्ष समितिको तर्फबाट २० बुंदे माग सहितको ज्ञापनपत्र बुझाइएको हो । 

असोज १५ गतेदेखि सडक आन्दोलन थालेका देशभरका स्थानीय तहका कर्मचारीहरुको आन्दोलन अन्तरगत लेटाङ नगरपालिकाका कर्मचारीहरुले मन्त्री लिम्बूलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै मन्त्री लिम्बूले कर्मचारीहरुले आन्दोलन गर्ने अवस्था आउनु दुःखद् भएको बताउनुभयो । उहाँले ज्ञापनपत्रमा उल्लेख गरिएका मागहरु बारे राम्रोसँग अध्ययन गरि आवश्यक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।  उच्च पदमा रहेका कर्मचारीहरूले कानुन निर्माण गर्ने क्रममा शब्दको खेल खेल्ने तथा शब्दलाई तोडमोड गर्ने गरेका कारण यस्तो अवस्थाको सिर्जना भएको उहाँको भनाइ छ ।

स्थानीय तह कर्मचारीहरु वृद्धि विकास, अन्तरप्रदेश सरुवा, बढुवा लगायतका २० बुँदे माग राखेर आन्दोलन गर्दै आएका छन् । उनीहरूले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी आन्दोलन गरिरहेका छन् ।

स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका उनीहरूले संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको आरोप लगाएका छन् । यस्तै स्थानीय तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगायतका माग पनि राखेका छन् ।

यसैबीच विभिन्न माग राखी लगातार आन्दोलन गरिरहेका स्थानीय तहका कर्मचारीलाई सरकारले वार्ताका लागि बोलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वार्ताबाट समस्या समाधान हुने भन्दै काममा फर्किन आग्रहसमेत गरेको छ ।  मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै पेनडाउन गरी सेवासमेत ठप्प पारेका कर्मचारीलाई वार्तामा बोलाएको हो ।  

उनीहरूमाथि राजधानीमा हिजो प्रहरीले हस्तक्षेप गरेको थियो । बानेश्वरमा निषेधित घेरा तोड्न खोज्दा प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी घाइतेसमेत भएका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार