मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

भोगटेनी माविको ४६ औं वार्षिकोत्सव सम्पन्न, विभिन्न व्यक्तिहरु सम्मानित

मोरङ खबर 406+ समाचार ( )
३० फाल्गुन २०८०, बुधवार

-तिलक राई

लेटाङ । भोगटेनी माध्यमिक विद्यालय लेटाङ-१ अँधेरीको ४६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश बहादुर मगरको अध्यक्षता तथा लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रम गरि वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो । 

वार्षिकोत्सवको अवसरमा विद्यालयको विकासमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । विद्यालयका संस्थापक अध्यक्ष शुभराज मगर, पूर्वअध्यक्ष नारायण मगर, सिंहवीर तामाङ, मोहन लिम्बू, संस्थापक शिक्षक भद्र मगर, पूर्वशिक्षक हर्कप्रसाद मगर, पूर्वप्रधानपञ्च तथा पूर्वशिक्षक मेखबहादुर मगर, पूर्वशिक्षक वेदराज दाहाल र नेत्रप्रसाद चुडाललाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । 

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी लेटाङ नगरपालिकाका नगर प्रमुख लावतीले विद्यालयको अवस्थामा पहिलेको भन्दा निकै सुधार भएको बताउँदै थप सुधार गर्न सबैजना लागि पर्नुपर्ने उल्लेख गर्नुभयो ।  यस्तै विद्यालयका प्रधानाध्यापक शिवनारायण मण्डलले विद्यालयको प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा लेटाङ १ का वडाध्यक्ष विष्णु कुमार मगर, शिक्षा शाखा प्रमुख कृष्णराज राई, वडासचिव धनमान तामाङ, शिक्षक अभिभावक संघका अध्यक्ष हंसाराज राई, हडर्नका सुरेश अधिकारी, छिमेकी विद्यालयका प्रतिनिधिहरु लगायतको आतिथ्यता रहेको थियो । 

सो अवसरमा लेटाङ १ स्थित साग्मा माध्यमिक विद्यालय र भोगटेनी माध्यमिक विद्यालयबीच भलिवल खेल खेलाइएकोमा साग्मा मावि विजयी भएको छ । यसैगरि वार्षिकोत्सवको अवसरमा विद्यालयले विभिन्न समयमा सञ्चालन गरेका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने र वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।

कार्यक्रममा मगर जातिको हुर्रा, लिम्बू जातिको चाव्रुङ नाच र राई जातिको साकेला नृत्य प्रस्तुत गरिएको थियो भने विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा शिक्षक पद्मा राईले स्वागत मन्तव्य राख्नु भएको थियो । 

प्रतिक्रिया

Surya ghimire १ चैत्र २०८०, बिहीबार

Bhupu headsir netra chudal leknus Padma magar hola rai hoina

Surya ghimire १ चैत्र २०८०, बिहीबार

Bhupu headsir netra chudal leknus Padma magar hola rai hoina

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार