मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

काठमाडौं नजिकको मनमोहक पदयात्रा, सुन्दरीजलदेखि धाम ड्याम

मोरङ खबर 407+ समाचार ( )
९ अशोज २०८०, मङ्गलबार

काठमाडौं । सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपालले काठमाडौंबाट नजिकको दूरीमा रहेको सुन्दरीजलदेखि सिन्धुपाल्चोकको धाप ड्यामसम्मको एक दिवसीय पदयात्रा सम्पन्न गरेको छ । लुकेका गन्तव्यलाई उजागर गरेर आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले पर्यटन संस्था सोट्टो–नेपालले सरकारका विभिन्न निकायसँगको सहकार्यमा काठमाडौंदेखि सिन्धुपाल्चोकसम्मको गन्तव्यलाई उजागर गर्ने काम गरेको हो । 

२७ सेप्टेम्बरमा पर्ने ४४ औं विश्व पर्यटन दिवसको अवसर पारेर सोट्टो नेपालले गोकर्णेश्वर नगरपालिका र मेलम्ची नगरपालिकासँगको सहकार्यमा पदयात्रा गरेको हो । पर्यटनमा पर्यावरणमैत्री(हरित) लगानी नारा रहेको यसपालीको विश्व पर्यटन दिवसको अवसरमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्रका सम्पदाहरुको अध्ययन, अवलोकनसँगै सुन्दरीजल–मुलखर्क–धाप ड्याम हुँदै प्रकृति रिसोर्ट हैबुङमा पुगेर पदयात्रा सम्पन्न भएको हो । 

 राजधानी काठमाडौबाट नजिकै रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रका विविधताको मनोरम दृष्यसँगै पदयात्रा गरिएको हो । आवश्यक प्रचार प्रसारको अभावमा यो क्षेत्र पर्यटकीय दृष्टिले अझै ओझेलमा रहेको छ । काठमाडौंको व्यस्त दैनिकिबाट केही समयका लागि आनन्द लिन जो कोहीलाई पदयात्रा सफलीभुत हुने सोट्टो नेपालका अध्यक्ष भुवनबहादुर पाण्डेले बताउनुभयो ।

राजधानीबाट नजिक रहेको गन्तव्यलाई प्रवद्र्धन गरेर आन्तरिक पर्यटक बढाउँदै स्थानीयलाई अधिकत्तम लाभ दिने योजनाअनुरुप सोट्टोले हरेक वर्षजस्तै गरी यो वर्ष पनि पदयात्रालाई निरन्तरता दिएको अध्यक्ष पाण्डेले बताउनुभयो । अध्यक्ष पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्डसहितको सहयोगमा संस्थाले हरेक वर्ष आन्तरिक पर्यटन प्रवद्र्धन र स्थानीयलाई फाइदा दिने विविध कार्यक्रम गरिरहेको जानकारी दिनुभएको छ ।

पर्यटनको दीगो संरक्षण, प्रकृति प्रदुषण कम गर्दै स्थानीयलाई जागरुकतासँगै रोजगारी, प्रकृति र संस्कृतिको जगेर्ना, पाहुनालाई भगवान् सरहको आतिथ्य सत्कारसहित पर्यटन प्याकेज विकास गर्न सोट्टो–नेपाल लागिपरेको अध्यक्ष पाण्डेले बताउनुभयो । 

पदयात्रा समापन कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची नगरपालिका प्राकृतिक, सांस्कृतिक र धार्मिक बिविधताले भरिपूर्ण रहेकाले संघ, प्रदेश सरकारलाई बजेट बढाउन आग्रह गर्दै व्यवसायीलाई लगानी बढाउन आग्रह गर्नुभयो ।

पालिकाकी उपप्रमुख उमा प्रधानले लुकेछिपेका प्रसिद्ध पर्यटकीय स्थलको उजागर गर्ने सोट्टो नेपालको काम सह्राहनीय रहेको बताउनुभयो । पदयात्रा कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्यहरु, पर्यटन कार्यालयका प्रतिनिधिसहित १ सय भन्दा बढी व्यवसायी, सरकारी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी छ । तर भएका स्रोत र साधनको उचित प्रचार प्रसार र प्रवद्र्धन हुन नसक्दा सबै ओझेलमा परेको भन्दै सोट्टो नेपालले हरेक वर्ष विश्व पर्यटन दिवसको अवसरमा पदयात्रा कार्यक्रम गर्दै आएको छ । मुगुमा अवस्थित रारा तालको प्रवद्र्धन सोट्टोले आजसम्म गरेकोमध्ये सबैभन्दा सफल प्रबद्र्धनात्मक कार्यक्रम हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार