मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

डिल्लीराम ओझाको आत्मवृतान्त “लामो यात्रा” लोकार्पण

मोरङ खबर 407+ समाचार ( )
२७ असार २०८२, शुक्रबार

- छवि श्रेष्ठ

लेटाङ । लेटाङ निवासी अग्रज साहित्यकार डिल्लीराम ओझाको आत्मवृतान्त “लामो यात्रा” नामक कृतिको शुक्रबार एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । लेटाङ नगरपालिकाको सभाहलमा लेटाङ साहित्य कला संगमको आयोजना तथा कृतिकार ओझाका गुरु लेटाङका अग्रज शैक्षिक व्यक्तित्व मीत्रप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका बीच पुस्तक लोकार्पण गरिएको हो । 

श्रष्टा ओझाको संस्मरणात्मक कृतिको कार्यक्रमका प्रमुख अतिथि मीत्रप्रसाद भण्डारी विशिष्ट अतिथि सहित्यकार तथा पूर्वसांसद हर्कमान तामाङ, लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावती, साहित्यकार खेम नेपाली लगायतका व्यक्तित्वहरुले लोकार्पण गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मीत्रप्रसाद भण्डारीले लेखक ओझा अथक मेहनति र परिश्रमि व्यक्ति भएको बताउँदै साहित्यिक यात्राको सफलताको शुभकामना दिनुभयो । 

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि पूर्वसांसद तथा साहित्यकार हर्कमान तामाङले भौतिक विकास भन्दा चेतना र चिन्तनको विकास महत्वपूर्ण रहने बताउनुभयो । उहाँले चेतनालाई विज्ञानले समेत पछ्याउने भन्दै साहित्य विज्ञान भन्दा अघि रहेको तर्क गर्नुभयो । मानिसले सोचेपछि साहित्य बन्ने र साहित्यले उजागर गराएपश्चात विज्ञानले सोहि अनुशारको आविश्कार गर्ने भन्दै उहाँले साहित्य विज्ञान भन्दा अघि अघि रहेको बताउनुभयो । 

कार्यक्रमम बोल्दै लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले कला साहित्यको विकास र प्रवर्धनका लागि नगरपालिका सँधै तत्पर रहेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको बजेटमा पनि कला साहित्य क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।  

कार्यक्रममा प्राध्यापक भवनाथ गौतमले श्रष्टा डिल्लीराम ओझा र उहाँको पुस्तकमाथि चर्चा गर्नुभयो । गौतमले पुस्तकमा ओझाका जीवन भोगाइ र समाजमा पुर्याएका योगदानहरु समेटीएको भन्दै भावि पुस्तालाई प्रेरणादायि हुने बताउनुभयो । 

 लेटाङ साहित्यकला संगमका अध्यक्ष गणेश दवाडीको अध्यक्षतामा भएको सो कार्यक्रममा साहित्यकार खेम नेपाली, छवि वैरागी घिमिरे, लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ लगायतले पनि शुभकामना मन्तव्य राख्नुभयो । 

सो अवसरमा आदिकवि भानुभक्त आचार्यको असार २९ गते पर्ने जन्मजयन्ति नजिकिंदै गरेको सन्दर्भमा वक्ताहरुले उहाँको योगादनको चर्चा गर्नुका साथै भानुभक्तसँग सम्बन्धित रचना वाचन समेत गरेका थिए ।  

कार्यक्रममा लेटाङसहित विराटनगर, धरान, सुन्दरहरैंचा, बेलबारी र दमक लगायतका क्षेत्रबाट भेला भएका साहित्यकारहरु तथा लेटाङका विभिन्न संघ सँस्थाका प्रतिनिधिहरु, सामाजिक व्यक्तित्वहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा श्रष्टाहरुले आफ्ना कविता, गजल, गीत लगायतका रचना वाचन गरेर सुनाएका थिए । 

लेटाङ साहित्यकला संगमका अध्यक्ष गणेश दवाडी, टंक बराल, उमानाथ बराल, दमकका साहित्यकार विष्णु न्यौपाने, धरानका साहित्यकार परिक्रमा श्रेष्ठ, बेलबारीका रमेश निरौला, उमा सिजापती, दीप मंग्राती, सुन्दरहरैंचा भुमिका खनाल लगायतका श्रष्टाहरुले आ–आफ्ना कविता, गीत, गजल लगायतका रचना वाचन गरेर सुनाउनुभयो । 

यसैबीच कार्यक्रममा श्रष्टा डिल्लीराम ओझाको परिवारद्वारा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका श्रष्टा ओझाका गुरु मीत्रप्रसाद भण्डारी, विशिष्ट अतिथि सहित्यकार तथा पूर्वसांसद हर्कमान तामाङ लगायतलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार