मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

एकलौटी गर्न लागिएको भन्दै विरोध भएपछि सलकपुर खानेपानीको साधारणसभा स्थगित

रेवती रमण निरौला 160+ समाचार ( )
२४ असार २०८०, आइतबार

मोरङ । एकलौटीरुपमा साधारणसभा गर्न लागिएको भन्दै उपभोक्ताहरुले विरोध जनाएपछि सुन्दरहरैंचा ८ स्थित सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको साधारणसभा स्थगित गरिएको छ । शनिबार बोलाइएको साधारणसभामा पुगेका केही उपभोक्ताहरुले नेतृत्वले एकतर्फिरुपमा आफ्नो पक्षका मान्छेलाई मात्र खबर गरेर साधारणसभा गर्न लागेको भन्दै विरोध गरेपछि साधारणसभा स्थगित गरिएको हो ।

साधारणसभा सुरु हुनसाथ स्थानीय रामकृष्ण खड्का लगायतका उपभोक्ताले हाजिर गराउँदै गरेको माइन्यूट नियन्त्रणमा लिएर एकलौटीरुपमा साधारणसभा गर्न लागिएको भन्दै विरोध जनाएका थिए । साधारणसभामा विरोध हुन थालेपछि गणपुरक संख्या नपुगको भन्दै साधारणसभा स्थगित गरिएको हो । साथै विधान संंशोधन गर्नुपर्ने माग पनि उठेको छ । 

 हालको नेतृत्वले अधिकांश आफ्नो पक्षका मानिसहरुलाई मात्र बोलाएर गुपचुपमा नयाँ समिति गठन गर्ने उद्देश्यले नाम मात्रको साधारणसभा गर्न लागेकाले विरोध जनाएको खड्काले जानकारी दिनुभयो । खानेपानी उपभोक्ता समितिका टोली प्रमुखहरुलाई नै थाहा नदिएको र सबै उपभोक्तालाई जानकारी समेत नगराएको पाइएको खड्काको भनाइ छ । आफ्ना पक्षका मानिसहरुलाई मात्र छानेर बोलाइएकाले साधारणसभामा गणपुरक संख्या समेत नपुगेको उहाँको भनाइ छ ।

करिव २४ सय उपभोक्ता रहेकोमा ४ सय ९१ जना मात्र उपस्थित भएको खड्काले जानकारी दिनुभयो । त्यसमा पनि कतिपय उपभोक्ताहरु एकलौटीरुपमा साधारणसभा गर्न लागिएको थाहा पाएर रोक्नका लागि पुगेकाहरु रहेको उहाँको भनाइ छ । उपभोक्ताहरुले विरोध जनाएपछि गणपुरक संख्या नपुगको भन्दै ३ महिनाभित्र साधारणसभा बोलाउने निर्णय गर्दै साधारणसभा स्थागित गरिएको छ ।  

  यसैबीच साधारणसभा स्थगित हुनुअघि खानेपानी आयोजनाको नवनिर्मित खानेपानी टंकीको  उद्घाटन गरिएको छ । संघीय सांसद सुनील शर्माले टंकी उद्घाटन गर्नुभयो । कार्यक्रममा संस्थापक अध्यक्ष लोकप्रसाद संग्रौला सहित ३ जनालाई सम्मान गरिएको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार