मुख्य समाचार
लेटाङमा बहुजातिय बहुधार्मिक र्याली प्रदर्शन गरिने | विराटनगरको सिंघिया खोलामा महाशिव गंगा आरती सुरु (भिडियोसहित) | सुन्दरहरैंचामा भित्रियो धान रोप्ने मेसिन, रोपाहारले भन्दा ७ गुणा सस्तो (भिडियोसहित) | लेटाङमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गरिने (भिडियोसहित) | केराबारीबाट जेफाले जाने सडक बिग्रिएपछि जनश्रमदान गरि मर्मत (भिडियोसहित) | लेटाङ नगरपालिकाको नवनिर्मित इजलास उद्घाटन (भिडियोसहित) | मोरङको लेटाङ जाँतेमा बन्यो विश्वकै ठूलो जाँतोको प्रतिमा (भिडियोसहित) | धर्मदेवीका मेयरको चलाखीपूर्ण कदम, बजेट होलिडेबाट बच्यो धर्मदेवी | धर्मदेवी ५ को सेवाप्रवाह आफ्नै नवनिर्मित भवनबाट सुरु | लेटाङ जाँतेस्थित वसन्त हरियाली सामुदायिक वनलाई जिल्लाकै उत्कृष्ट पुरस्कार |

चुनावी वाचा पुरा गर्दै लेटाङका जनप्रतिनिधि, साक्फारावासी हर्षित (भिडियोसहित)

रेवती रमण निरौला 70+ समाचार ( )
५ वैशाख २०८१, बुधवार

लेटाङ । २०७९ सालको स्थानीय तहको निर्वाचनको समयमा भोट माग्दै पुगेका उम्मेदवारहरुले लेटाङ १ साक्फारावासीलाई सामूहिक आँगन बनाइ दिने वचन दिएका थिए । त्यतिबेला नगर प्रमुखका उम्मेदवार भूपेन्द्र कुमार लावतीले सामुहिक आँगन बनाइदिने भनेर भाषण गर्दा स्थानीयले खासै पत्याएका थिएनन् । तरपनि केहि होलाकी भन्ने झिनो आशाका साथ साक्फारावासीले नगर प्रमुखका उम्मेदवार भूपेन्द्र कुमार लावती, उपप्रमुख उम्मेदवार कृष्णकुमारी निरौला र वडाध्यक्षमा विष्णु मगरलाई भोट दिने सल्लाह गरे र जिताएर पठाए । 

साक्फारावासीले आफ्नो धर्म पुरा गरे, अब पालो आयो जितेर गएका जनप्रतिनिधिको । जितेर गएपछि नेताहरुले चुनावी वाचा बिर्सिन्छन् भन्ने आम जनताको धारणा विपरित साक्फाराको सामूहिक आँगनका लागि नगरपालिकाले १० लाख रुपैयाँ छुट्यायो । त्यसपछि स्थानीयले उपभोक्ता समिति बनाएर जनश्रमदान गरि पेबल्स बिछ्याएर साक्फाराको सामुहिक आँगनलाई निकै सुन्दर बनाएका छन् । चुनावी वाचा पुरा भएपछि हर्षित भएका साक्फारावासीले नगर प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई बोलाएर सामुहिक आँगन उद्घाटन गराएका छन् । 

सामुहिक आँगन उद्घाटन पछि भएको कार्यक्रममा बोल्दै नगर प्रमुख भूपेन्द्र कुमार लावतीले आफुहरुले चुनावमा गरेको वाचालाई मूलमन्त्र मानेर काम गरिरहेको बताउनुभयो । उहाँले आफुहरु भाषण मात्र गर्न नभएर काम गर्न आएकाले जनतासँग गरेका वाचा सकेसम्म पुरा गर्दै जाने प्रतिवद्धता समेत जनाउनुभयो । उहाँले चुनावी वाचा अनुशार नै लेटाङ १ को वथाहा र लेटाङ ७ को मलिवासेमा विद्युत पुर्याइसकेको पनि सुनाउनुभयो । 

यस्तै उपप्रमुख कृष्णकुमारी निरौलाले नगरपालिकाले नगरका पहाडी क्षेत्रका महिलाहरुलाई लक्षित गरि आमा सुरक्षा कार्यक्रम ल्याएको भन्दै त्यसबाट लाभ लिन आग्रह गर्नुभयो । उहाँले पहाडी क्षेत्रका आमाहरुलाई वच्चा जन्माउने अवस्थामा जोखिम नहोस् भनेर सुत्केरी हुनु भन्दा केहि दिन अघिदेखि नै अस्पतालमै निःशुल्क रुपमा बस्ने र खाने व्यवस्था गरेको जानकारी दिनुभयो । यस्तै नगरका पहाडी वडाहरुमा सुत्केरी महिलाहरुलाई लक्षित गरि भिडियो एक्सरे सेवा सुरु गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो । 

कार्यक्रममा बोल्दै वडाध्यक्ष विष्णु मगरले दोश्रोपटक निर्वाचित भएर आएपछि लेटाङ १ को साक्फारा टोलको विकासलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो । उहाँले जनताका आधारभुत आवश्यकतालाई पहिलो प्राथामिकतामा राखेर काम गरिरहेको भन्दै बाटो निर्माण, बाटो सुधार, खानेपानी, विद्युतिकरण र शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । 

 कार्यक्रममा बोल्दै स्थानीयवासीले चुनावी वाचा अनुशार सामुहिक आँगन निर्माण गरि दिएकोमा धन्यवाद दिंदै अन्य केहि विकासका योजना माग गरेका छन् । उनीहरुले साक्फारा टोलमै कक्षा ३ सम्मको पठन पाठनको व्यवस्था मिलाउन, आगलागी भएको खानेपानीको पाइप उपलब्ध गराउन र स्थानीय भित्रि बस्तिसम्म बाटो र विजुली पुर्याउन माग गरेका छन् ।

स्थानीय शुक्र मगरले साक्फारा क्षेत्रको विकासका लागि नगरपालिकाले ध्यान दिंदै आएको भन्दै आगमी दिनमा पनि प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । उहाँले नगरपालिकाका हालका जनप्रतिनिधिले लगाएको गुनलाई कहिलै नभुल्ने प्रतिवद्धता समेत जनाउनुभयो । कार्यक्रममा राजारानी पर्यटन विकास समितिका अध्यक्ष सुजन मगर, स्थानीय समाजसेवी, सञ्चारकर्मी लगायतको आतिथ्यता रहेको थियो । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार