मुख्य समाचार
लेटाङ नगरपालिकाद्वारा एसइइको निःशुल्क कोचिङ कक्षा सञ्चालन (भिडियोसहित) | लेटाङ २ बुधबारेमा नगरपालिकाद्वारा बजार अनुगमन, नियमित अनुगमन गर्न व्यवसायिको आग्रह (भिडियोसहित) | लेटाङमा प्रहरीको लागुऔषध सर्च अभियान, तालिमप्राप्त कुकुरको सहयोगमा चेकजाँच, ४ जना पक्राउ | सीटी चलाउँदै पढाइ खर्च जुटाउँदै, स्ववियु सभापतिका उम्मेदवार निशान | लेटाङ नगरपालिकाद्वारा ७८ जना श्रमिकको दुर्घटना विमा (भिडियोसहित) | कोशी प्रदेशमा दुर्व्यसनीविरुद्धको अभियान सुरु | लेटाङमा भव्यताका साथ मनाइयो ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस | नेकपा एमाले जिल्ला कमिटी मोरङमा लेटाङबाट ८ जना निर्वाचित (मतपरिणामसहितको विश्लेषण) | नोवेल एजुकेशन जाँतेमा खुल्ला चित्रकला कार्यशाला सम्पन्न (भिडियोसहित) | विद्यार्थीहरुलाई जाँतो र ओखल चिनाउँदै नोवेल एजुकेशन (भिडियोसहित) |

पतञ्जली योग समिति लेटाङले मनायो दशौँ राष्ट्रिय योग दिवस

मोरङ खबर 356+ समाचार ( )
५ माघ २०८१, शनिबार

लेटाङ । दशौँ राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग समिति लेटाङले विशेष कार्यक्रम गरेको छ । लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लेटाङमा रहेका पतञ्जली योग समितिमा आवद्ध योग साधकहरुले योगका विभिन्न आसनहरु प्रदर्शन गरेका थिए । सो अवसरमा धार्मिक विधि अनुशार हवन समेत गरिएको योग नगर समितिका महिला महामन्त्री उषा न्यौपाने दाहालले जानकारी दिनुभयो । 

कार्यक्रममा लेटाङ नगरपालिका नगर प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, वडा नम्बर ३ का वडाध्यक्ष डम्बर राई, वडा नम्बर ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । 

मन्त्रिपरिषद्को २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनःनिर्माणमन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो । नेपालमा यसअघि २०३६ सालदेखि सूर्य उत्तरायण शुरु हुने दिन पारेर डाक्टर हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार