मुख्य समाचार
अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान | लेटाङमा ३९० घण्टे सीपमूलक प्राविधिक तालिम सुरु | “लेटाङ रन” को तेश्रो संस्कारण माघ १ गते हुने / करिव ८ सय धावक सहभागी हुँदै (भिडियोसहित) | लेटाङ एडभान्स हस्पिटलको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न / २९२ जनाले लिए सेवा / १० जेष्ठ नागरिकलाई विशेष सम्मान | सुन्दरहरैंचामा दोस्रो उपमेयर कप अन्तर–पालिका महिला भलिबल प्रतियोगिता हुने |

लेटाङ सहित सालिक विवाद : स्थान छनौट कार्यदल गठन, नगरपालिका अगाडी माओवादी केन्द्रको प्रदर्शन

रेवती रमण निरौला 158+ समाचार ( )
७ माघ २०८०, आइतबार

लेटाङ । लेटाङ नगरपालिकाले सहिद स्मृति पार्क निर्माणका लागि स्थान छनौट गर्न कार्यदल निर्माण गरेको छ । नगरपालिकाको आह्वानमा आज बसेको लेटाङका विभिन्न राजनीतिक दलहरुको बैठकले सहिद स्मृति पार्क निर्माणका लागि स्थान छनौट सिफारिस गर्न समिति निर्माण गरेको हो ।

बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी लेटाङका अध्यक्ष भक्त बहादुुर सुवेदीको संयोजकत्वमा सहिद स्मृति पार्क निर्माणका लागि स्थान छनौट सिफारिस गर्न लेटाङमा रहेका राजनीतिक दलहरुका अध्यक्ष वा प्रमुख सदस्य रहने गरि कार्यदल निर्माण गरेको हो । 

बैठकमा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, नेपाली कांग्रेस नगर सभापति दीपकचन्द्र राई, नेकपा एमालेका नगर कमिटी उपाध्यक्ष बालकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष विनोद कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी लेटाङका अध्यक्ष भक्त बहादुुर सुवेदी, एकीकृत समाजवादी नगर कमिटी अध्यक्ष अग्नी पौडेल, खम्बुवान रास्ट्रिय मोर्चाका दीलाराम राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बूवानका किशोर राई, लेटाङ नगरपालिका वडा नम्बर १, २, ३, ४ र ५ का वडाध्यक्षहरु, इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरीक्षक भीमलाल वली, सशस्त्र प्रहरी वलका प्रहरी निरीषक दीलबुमार वन्त लगायतको सहभागिता रहेको थियो ।  

लेटाङमा सहिद स्मृति पार्कको विषयलाई लिएर नेकपा माओवादी केन्द्रले गरेको आन्दोलनका कारण नगरको सेवा प्रवाहमै असर पुगेपछि आइतबार नगरपालिकाले सर्वदलिय बैठक बोलाएर स्थान छनौट सिफरिसका लागि समिति गठन गरेको हो । समिति गठनमा सबै दलले हस्ताक्षर गरेर सहमति जनाएका छन् । यो सहमतिसँगै नेकपा माओवादी केन्द्रको आन्दोलन फिर्ता हुने अपेक्षा गरिएको छ । 

यसरी सुरु भएको थियो सहिदको सालिक सम्बन्धि विवाद

   गत बिहीबार साँझमा नेकपा माओवादी केन्द्रको अगुवाईमा सहिद स्मृति प्रतिष्ठान लेटाङले लेटाङ नगरपालिकाले बसपार्क निर्माण गरिरहेको स्थानमा अव्यवस्थित रुपमा राखेको सालिक नगरपालिकाले नियन्त्रणमा लिएपछि विवाद सुरु भएको थियो ।

नगरपालिकाले विभिन्न संरचनाहरुलाई व्यवस्थित गर्ने प्रयास गरिरहेका बेला सल्लाह बेगर बसपार्क बन्दै गरेको अव्यवस्थित ठाउँमा विना सौन्दर्यकरण सालिक राखिएकाले उचित व्यवस्थापनका लागि नियन्त्रणमा लिइएको नगरपालिकाले बताउँदै आएको छ । 

नगरपालिकाले वसपार्कमा नभइ उचित स्थानमा व्यवस्थापन गर्नका लागि सालिक नियन्त्रणमा लिएको बताएपनि नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले नगरपालिकामा शुक्रबार तालाबन्दी गर्दै नगर प्रमुख विरुद्ध नारावाजी गरेका थिए । यस्तै सामाजिक सञ्जालमा समेत नगर प्रमुखको निर्देशनमा सहिदको सालिक तोडफोड गरिएको भन्दै भ्रामक प्रचार गरिएको थियो । 

लेटाङ ५ शिक्षा विकास मावि अगाडी राखिएको सहिद हरी भट्टराईको सालिक माओवादी केन्द्रको अगुवाईमा त्यहाँबाट निकालेर वसपार्क बनाउँदै गरेको जमिनमा लगेर अव्यवस्थित तरिकाले राखेपछि विवाद सुरु भएको थियो । यता सालिक राखिएको टोलका मानिसहरुले समेत सालिक हराएको भन्दै असन्तुष्टि जनाएका थिए । 

नगरपालिका अगाडी प्रदर्शन, तोडफोडको प्रयास 

यसैबीच सहिद स्मृति प्रतिष्ठान लेटाङको नाममा शनिबार विज्ञप्ती जारी गर्दै माघ ७ गते आइतबारबाट आन्दोलन गर्ने चेतावनी दिइएकोमा आइतबार नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले नगरापलिका अघि नारावाजी गर्दै नगरपालिकाको प्रवेशद्वारमा तोडफोडको प्रयास गरेका छन् । आन्दोलनको पूर्वसूचना पाएर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीले आन्दोलनकारीलाई नगरपालिका भित्र प्रवेशमा रोक लगाएको थियो । 

नगरपालिका अगाडी कोणसभा गर्दै माओवादी केन्द्रका नेताहरुले नगर प्रमुखले सहिदको अपमान गरेको र सो सालिक सोही ठाउँमा लगेर नराखे कडा कदम चाल्ने चेतावनी दिएका छन् । नेकपा माओवादी केन्द्रका नेता तथा सहिद स्मृति प्रतिष्ठान लेटाङका अध्यक्ष कृष्ण लम्सालले पटक पटक सहिद पार्क निर्माणका लागि विभिन्न ठाउँमा प्रयास गरिएपनि नगरपालिकाले सहयोग नगरेको बताउनुभयो ।

आन्दोलनमा माओवादी केन्द्रका ५० देखि १०० को हाराहारिमा नेता कार्यकर्ताहरु सहभागि भएका थिए । लेटाङ बाहेक अन्यत्र पालिकाबाट समेत आन्दोलनमा सहभागी हुन माओवादी केन्द्रका नेता कार्यकर्ताहरु आएका थिए । लेटाङ बाहिरका माओवादी केन्द्रका कार्यकर्ताले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेटाङका मेयरलाई कालोमोसो दल्ने कार्यक्रम रहेको भन्दै सार्वजनिक रुपमा पोष्ट नै गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार