काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता सुरु भएको छ । गृह मन्त्रालयमा जारी वार्तामा शिक्षकहरुको माग सम्बोधन गरी आजै सहमति गर्ने तयारी छ ।

बैठकमा शिक्षा मन्त्रालयको तर्फबाट सहमतिको ड्राफ्ट प्रस्तुुत गर्नेगरी गएको बताइएको छ । सरकारसँगको वार्ताअघि शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा शिक्षकका प्रतिनिधि वार्तामा बसेका थिए ।
शिक्षा मन्त्रालयको ड्राफ्टमा शिक्षकहरु सहमत भए आजै सहमति जुट्ने सम्भावना छ । गृह मन्त्रालयमा जारी बैठकमा कानून मन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई पनि सहभागी हुनुहुन्छ । विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै शिक्षकहरुले बुधबारदेखि राजधानी केन्द्रीत आन्दोलन सुरु गरेका छन् ।
देशभरका विद्यालयहरु बन्द गरि शिक्षकहरु राजधानीमा भेला भएर आन्दोलन गरिरहेका छन् । आन्दोलनकै क्रममा यसअघि पनि सरकारसँग वार्ता भएपनि सहमति जुट्न सकेको छैन ।