- मनोज अधिकारी
इटहरी । राष्ट्रिय जनसांस्कृतिक महासंघ सुनसरीले आज इटहरीमा वडादशैं लगायतका चाडपर्वहरुको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरुको महान चाड वडादशैं सुरु भएको तथा आसन्न तिहार, नेपाल संवत्, छठ लगायत पर्वहरुको उपलक्ष्यमा शुभकामना आदन प्रदान कार्यक्रम गरिएको हो । कार्यक्रममा विभिन्न गीत तथा कविता प्रस्तुत गरिएको थियो भने अतिथिहरुले शुभकामना मन्तव्य राख्नुभयो ।
महासंघ सुनसरी अध्यक्ष विद्या घिमिरे कार्कीको अध्यक्षता र नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय जनसांस्कृतिक महासंघ कोशी प्रदेशका अध्यक्ष जेवी थुलुङको प्रमुख आतिथ्यतामा एमाले इटहरी नगर कमिटीको कार्यालयमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रा. डा. बद्री विशाल पोखरेल, राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्यहरु बालिका पौडेल, दुर्गा पराजुली, ओमविक्रम ओझ, नेकपा एमाले सुनसरीका उपसचिव राम कोइराला, यज्ञराज खड्का, एमाले इटहरी अध्यक्ष याम सुब्बा लगायत पार्टीका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।