मुख्य समाचार
कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन | नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ |

लेटाङ २ बुधबारेमा नगरपालिकाद्वारा बजार अनुगमन, नियमित अनुगमन गर्न व्यवसायिको आग्रह (भिडियोसहित)

रेवती रमण निरौला 160+ समाचार ( )
३० फाल्गुन २०८१, शुक्रबार

लेटाङ । लेटाङ नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिने क्रममा विहीबार लेटाङ २ स्थित बुधाबारे बजारमा किराना पसलहरुको अनुगमन गरेको छ । लेटाङ नगरपालिका उपप्रमुख तथा अनुगमन समिति संयोजक कृष्णकुमारी निरौलाको नेतृत्वमा अनुगमनमा निस्किएको टोलीले बुधबारे बजारमा रहेका किराना पसल र केही कोल्ड सेन्टर गरि ९ वटा पसलमा अनुगमन गरेको हो । 

अनुगमनका क्रममा केही पसलहरुमा छिटपुछ रुपमा म्याद गुज्रिएका सामानहरु भेटिएको छ । वियर रक्सी र वोतलमा राखिएको गुलावजामुन मिठाइ म्याद गुज्रिएको भेटिएपछि उत्पादकलाई फिर्ता गर्ने गरि अलग्गै राख्न निर्देशन दिंदै सञ्चालकलाई सचेत गराइएको छ । 

लेटाङ नगरपालिका उपप्रमुख तथा बजार अनुगमन समिति संयोजक कृष्णकुमारी निरौलाले नगरपालिकाले नियमित तालिका बनाएर व्यवसायलाई वर्गिकरण गरि मासिक रुपमा बजार अनुगमन गर्ने गरिएको जानकारी दिनुभयो । उहाँले यसअघि स्वास्थ्य सँस्थाहरु र मासुपसलहरुको अनुगमन गरिएकोमा यसपटक लेटाङको मुख्यबजार भन्दा बाहिर लेटाङ २ बुधबारे बजारमा किराना पसलहरुको अनुगमन गरिएको बताउनुभयो । 

उहाँले बजार अनुगमनका क्रममा कालोबजारी हुन नदिन, अखाद्य पदार्थ विक्री नगर्न सचेत गराउनुका साथै व्यवसाय सञ्चालका कानुनी प्रकृयाका बारेमा सचेतना जगाउने काम समेत गरिएको जानकारी दिनुभयो ।

नगरपालिकाकी अधिकृत सुस्मा कोइरालाले केही पसलमा म्यादगुज्रिएको सामान अलग्गै नराखिएको, मूल्य सूचि नराखिएको र नयाँ स्थापना गरिएका पसलहरुमा कागजपत्र नराखिएको जस्ता कैफियत भेटिएको बताउनुभयो । उहाँले पसलका सञ्चालकहरुलाई सचेत गराउँदै कमिकमजोरीलाई यथाशिघ्र सुधार गरेर जान निर्देशन दिइएको जानकारी दिनुभयो ।  

यता लेटाङ २ बुधबारेका व्यवसायीहरुले लेटाङ नगरपालिकाले बजार अनुगमन गरेर आफुहरुलाई सजग बनाएको बताएका छन् । उनीहरुले व्यवसाय सञ्चालन गर्ने क्रममा व्यवसायीले नजानेर समेत गल्ती गरेको हुनसक्ने भन्दै नगरपालिकाले बेलाबेला बजार अनुगमन गरेर नीति नियम बारे सचेतना जगाउनु आवश्यक रहेको प्रतिकृया दिएका छन् । 

उपप्रमुख कृष्णकुमारी निरौलाको नेतृत्वमा रहेको अनुगमन टोलीमा प्रमुख प्राशसकीय अधिकृत विष्णुप्रसाद सुवेदी, लेटाङ २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिना, योजना शाखा प्रमुख चेतनाथ गौतम, उद्योग वाणिज्य संघका महासचिव नेत्रप्रसाद निरौला, प्रहरी, नगर प्रहरी लगायत सञ्चारकर्मीको समेत सहभागिता रहेको थियो । 

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार