मुख्य समाचार
नेपाल तरूण दल इटहरीको अधिवेसन सम्पन्न, नयाँ कार्य समिति चयन | लेटाङमा नीति निर्माणको नयाँ अभ्यास सुरु, विभिन्न पक्षसँग सुझाव माग | निरौला वन्धू सेवा समाजको १२ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा डाक्टर तुलशीप्रसाद निरौला | जनताले मिल्काएर, फ्याँकेर रछ्यानमा पुगिसकेको राजतन्त्र फर्कन सक्दैन : प्रधानमन्त्री ओली (भिडियोसहित) | नेकपा एमाले सुन्दरहरैँचाको अध्यक्षमा डिल्लीप्रसाद ढकाल विजयी | “लेटाङको न्यायिक अभ्यास” पुस्तक सार्वजनिक | लेटाङ नगरपालिकाद्वारा नीति तथा कार्यक्रम निर्माणका लागि नगरवासीसँग सुझाव माग | कमलपुर सामुदायिक वनद्वारा ४५ जना उपभोक्ताको निःशुल्क विमा | ईरान राईको कवितासंग्रह ‘इतिहास’ सार्वजनिक | साहित्य सदन नेपालको आयोजनामा कविता महोत्सव हुने |

लेटाङमा भव्यताका साथ मनाइयो ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस

मोरङ खबर 363+ समाचार ( )
२५ फाल्गुन २०८१, आइतबार

- रामचन्द्र निरौला 

लेटाङ । १ सय १५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शनिबार लेटाङ नगरपालिकामा भव्य कार्यक्रम गरिएको छ ।

लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाको अध्यक्षतामा नगरपालिका परिसरमा भएको कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारी, विभिन्न संघ सँस्थाका प्रतिनिधि तथा स्थानीय महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सो अवसरमा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्नुका साथै म्युजिकल चेयर र तातो आलु जस्ता मनोरञ्जनात्मक खेल पनि खेलाइएको थियो ।   

वडास्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएकोमा वडा नम्बर २ प्रथम, वडा नम्बर ९ दोस्रो र वडा नम्बर १ तेस्रो भएका छन् ।

यस्तै म्युजिकल चेयरमा मिनाक्षी राई प्रथम, यसोदा दुलाल दोस्रो र मिरा निरौला तेस्रो भएका छन् भने तातो आलु प्रतियोगितामा सिद्दिमा राई प्रथम, तृष्णा घिमिरे दोस्रो, र एलिशा चौधरी तेश्रो भएका छन् । विजेता सबै जनालाई नगद पुरस्कार प्रदान गरिएको छ । 

महिला दिवसको अवसरमा अनौपचारिक क्षेत्रमा श्रम गर्ने ९ जना महिलाहरूलाई उनीहरुको योगदानको कदर गर्दै सम्मानपत्र र मायाको चिनो प्रदान गरि विशेष सम्मान गरिएको छ ।  कार्यक्रममा नगर प्रहरी अनिता लिम्बूले आकर्षक मारुनी नृत्य प्रस्तुत गरिन् भने लेटाङ ५ का महिलाहरुले नौमती बाजा बजाएर कार्यक्रमलाई उल्लासपूर्ण बनाएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार