लेटाङ । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२\८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
गत आर्थिक वर्षमा बैंकले ८९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५१ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्ष २ अर्ब ३१ करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी, गत वर्ष वृद्धि भई २ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।
कुल सञ्चालन आम्दानी अघिल्लो वर्ष २ अर्ब ७० करोड रुपैयाँ रहेकोमा गत वर्ष २ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ ।
बैंकको सञ्चालन नाफा पनि १ अर्ब ४ करोड रुपैयाँबाट बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।
निष्क्रिय कर्जा अघिल्लो वर्ष ३.४९ प्रतिशत रहेकोमा गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा ३.७७ प्रतिशत पुगेको छ ।