मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

कमलपुर सामुदायीक वन समूहद्वारा विपन्न लक्षित स्वास्थ्य विमा कार्यक्रम सञ्चालन (भिडियोसहित)

विवेक वस्ती 22+ समाचार ( )
१३ चैत्र २०८०, मङ्गलबार

लेटाङ । लेटाङ ३ स्थित कमलपुर सामुदायीक वन उपभोक्ता समूहले आर्थिकरुपमा कमजोर परिवारका उपभोक्ताहरुलाई लक्षित गरि स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरेको छ । समूहले सामाजिक उत्तरदायीत्व निर्वाह गर्दै विपन्न वर्ग लक्षित कार्यक्रम अन्तरगत अघिल्ला वर्षदेखि नै सञ्चालन गरिरहेको स्वास्थ्य विमा कार्यक्रमलाई यसवर्ष समेत निरन्तरता दिएको हो ।

कमलपुर सामुदायीक वन उपभोक्ता समूहले आज मंगलबार संस्थाका अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा विशेष कार्यक्रम गरि उपभोक्ताहरुमध्ये आर्थिकरुपमा कमजोर रहेका परिवारलाई छनौट गरि स्वास्थ्य विमा गरिदिएको हो । साथै अघिल्ला वर्षमा स्वास्थ्य विमा गरेका विपन्न परिवारका उपभोक्ताहरुको स्वास्थ्य विमा नविकरण समेत समूहले नै गरिदिएको छ ।

वडामा खटिएका स्वास्थ्य विमा अभिकर्तालाई बोलाएर एकैपटक सम्पूर्ण उपभोक्ताको स्वास्थय विमा र नवीकरण गराइएको छ । जम्मा २९ जनाको नवीकरण तथा १९ जनाको नयाँ स्वास्थ्य विमा गरिएकोमा थप १२ जनाको पनि चाँडै स्वास्थ्य विमा गराइने अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो । 

कार्यक्रममा बोल्दै उहाँले स्वास्थ्य विमा गराउन नसक्ने विपन्न परिवारलाई प्राथमिकतामा राखेर छनौट गरि स्वास्थ्य विमा गराइएको बताउनुभयो । उहाँले स्वास्थ्य विमा गरेपछि त्यसको सदुपयोग गर्नुपर्नेमा समेत जोड दिनुभयो । 

कार्यक्रममा लेटाङ ३ का वडाध्यक्ष डम्बर बहादुर राईले कमलपुर सामुदायीक वन उपभोक्ता समूह देशकै नमूना वन समूहको रुपमा पुरस्कृत भएको बताउँदै प्रशंशायोग्य काम गर्दै आएको उल्लेख गर्नभुयो । 

यस्तै सामुदायीक वन उपभोक्ता महासंघका केन्द्रीय उपमहासचिव सीता श्रेष्ठ, नगर महासंघका अध्यक्ष आनन्दसागर तिम्सिना लगायतका अतिथिहरुले विपन्न परिवारको स्वास्थ विमा गराउँदै सामाजिक उत्तरदायीत्व बहन गरेकोमा वन उपभोक्ता समूहलाई धन्यवाद दिनुभयो ।

कमलपुर साुमदायीक वन समूहले हरेक वर्ष महिलाहरुलाई सेनेटरी प्याड वितरण, लामखुट्टेबाट बच्न झूल वितरण, कृषकहरुलाई टनेल वितरण लगायतका काम गर्दै आएको छ । 

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार