मुख्य समाचार
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ | नोबेलमै हुने भयो जलनको उपचार |

लेटाङ खेलकुद महोत्सव : व्याडमिन्टनतर्फ राजधन र निर्मलसागर तथा विकास र लिलाको जोडि च्याम्पियन

रेवती रमण निरौला 160+ समाचार ( )
५ फाल्गुन २०८१, सोमबार

लेटाङ । लेटाङ खेलकुद महोत्सव २०८१ अन्तरगत आज व्याडमिन्टनतर्फका सबै खेल सम्पन्न भएका छन् । व्याडमिन्टनमा ए डिभिजन र बी डिभिजन गरि २ समूह निर्माण गरि खेलाडीहरुलाई प्रतिस्पर्धा गराइएकोमा सबै खेल आजै सम्पन्न भएका छन् । 

ए डिभिजनतर्फ लेटाङ ८ का राजधन राई र लेटाङ ४ का निर्मलसागर राईको जोडी च्याम्पियन बनेको छ । लेटाङ ५ का कृष्णराज राई र लेटाङ ४ का विष्णु मगरको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै राजधन र निर्मलसागरको जोडि च्याम्पियन बन्न सफल भएको हो ।  

यसैगरि वी डिभिजनतर्फ लेटाङ ६ का विकास अधिकारी र लेटाङ ९ की लिला तुम्साको जोडी च्याम्पियन बनेको छ । उनीहरु लेटाङ ३ का मञ्जित खनाल र लेटाङ ५ का सन्तोष श्रेष्ठको जोडीलाई पराजित गर्दै च्याम्पियन बनेका हुन् । 

खेलमा जम्मा ३३ जना खेलाडीहरुले सहभागीता जनाएको व्याडमिन्ट खेलका फोकल पर्सन हिक्मत बहादुर खड्काले जानकारी दिनुभयो ।

ए डिभिजनतर्फ प्रथम हुनेल १६ हजार र दोश्रो हुनेले ८ हजार पुरस्कार पाउनेछन् भने वी डिभिजनतर्फ प्रथम र दोश्रो हुनेले ८ हजार पुरस्कार पाउने फोकल पर्सन हिक्मत बहादुर खड्काले जानकारी दिनुभयो ।  उनीहरुलाई फागुन ७ गते हुने समापन समारोहमा पुरस्कार वितरण गरिने छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार