मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

सुरक्षा निकायको टोलीद्वारा अंशु गौतमको परिवारसँग भेट गरि श्रद्धाञ्जली/समवेदना व्यक्त

रेवती रमण निरौला 160+ समाचार ( )
२ पौष २०८२, बुधवार

लेटाङ । मोरङका निमित्त प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा निकायको टोलीले लेटाङकी अंशु गौतमको परिवारसँग भेटगरि समवेदना तथा श्रद्धाञ्जली अर्पण गरेको छ । 

मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी पवनराज कोइराला, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटुवाल र राष्ट्रिय अनुसन्धान कार्यालय मोरङका प्रहरी उपरीक्षक राजन शर्मा सापकोटासहितको टोलीले लेटाङ २ फडानीस्थित घरमा पुगेर अंशुप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा समवेदना प्रकट गरेको हो । सोही क्रममा सुरक्षा निकायको टोलीले जनप्रतिनिधि तथा स्थानीयवासीसँग घटनाको विषयमा छलफल समेत गरेको छ । 

छलफलमा बोल्दै लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले सुरक्षा निकायको धेरै मेहनत तथा स्थानीयवासीको सहयोगका कारण दोशी कानुनी दायरामा आएको भन्दै सबै पक्षलाई धन्यवाद दिनुभयो । उहाँले नेपाल प्रहरीले अपराधि कुनै हालतमा बच्दैनन् भन्ने सन्देश दिएको भन्दै संलग्न सुरक्षा निकायलाई नगरपालिकाले सम्मान गर्ने बताउनभुयो ।   

यस्तै मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले दुःखद् घटना भएको र दोशी कानुनको दायरामा आइसकेको अवस्थामा परिवारजनले आफैँले आफैँलाई सम्झाएर सामान्य अवस्थामा फर्कनुपर्ने बताउनुभयो । उहाँले परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै मृतक अंशुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभुयो ।  

यस्तै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले आफुहरु दुःखलाई साझा गर्दै परिवार र समुदायप्रति सहानुभुति प्रकट गर्न आएको बताउनुभयो । उहाँले पीडकका परिवार र तिनका भौतिक संरचनामा आक्रमण गरे कानुन आकर्षित हुने भन्दै आक्रोशमा आएर त्यस्तो गल्ती गर्न नहुनेमा जोड दिनुभयो । 

उहाँले अनुसन्धानको क्रममा स्थानीयवासीमाथि भएको असुविधालाई अन्यथा नलिइ दिन पनि आग्रह गर्नुभयो । प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरि निकै महत्व दिएर घटनामा संलग्नलाई पक्राउ गरेको भन्दै उहाँले अपराध गर्ने व्यक्तिले कुनै पनि हालतमा उन्मुक्ति नपाउने बताउनुभयो ।  

यसैगरि स्थानीय लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र खतिवडाले समाजमा अपराधिक घटना नियन्त्रण गर्न सरोकारवालाहरुले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले वुधबारे प्रहरी चौकीमा दरबन्दी अनुशार जनशक्ति नरहेकाले शान्ति सुरक्षा कायम गर्न समस्या देखिएको भन्दै दरबन्दी अनुशार जनशक्ति थप गरिदिन आग्रह गर्नुभयो । उहाँले मृतक अंशु गौतमको परिवार आर्थिकरुपमा कमजोर रहेकाले कानुन अनुशार सरकारका तर्फबाट आर्थिक सहयोग उपलब्ध गराइदिन पनि आग्रह गर्नभुयो ।  

सो क्रममा इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर शाह, लेटाङ २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिना, सञ्चारकर्मीहरु लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो ।  

सुरक्षा निकायको टोली पुग्दा अंशुको हिन्दू धार्मिक विधि अनुशार नवौँ दिनको कृयाकर्म चलिरहेको थयो । अंशुका ७८ वर्षिय हजुरबाले कृयाकर्म गरिरहेका थिए ।   

अंशु गत असोज २१ गते दिउँसो घरबाटै हराएकोमा कार्तीक ७ गते उनको शव जंगलमा विभत्स अवस्थामा भेटिएको थियो । बेलबारी–चिसाङ साझेदारी वनभित्र शरीर र टाउको अलग गरिएको तथा कुहिएर दुर्गन्धित भएको अवस्थामा उनको शव फेला परेको थियो । शव पहिचान गर्नै नसकिने अवस्थामा रहेकाले घटनास्थलबाट फेला परेका चप्पल र कपडालगायतका आधारमा अभिभावकले सनाखत गरेका थिए ।

शव भेटिएपछि हत्यामा संलग्नको खोजी गर्ने क्रममा प्रहरीले ३ सय जना स्थानीयसँग सोधपुछ र १६ जनाको पोलिग्राफ परिक्षण गरेको थियो । 

प्रहरीले घटनामा संलग्न अंशुकै छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई मंसिर १८ गते पक्राउ गरि २१ गते पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको थियो । घटनामा संलग्न पक्राउ नपरेसम्म अन्तिम सँस्कार नगर्ने अडान लिएका परिवारजनले संलाग्न पक्राउ परेपछि स्थानीय चिसाङ खोलामा अन्त्येष्टि गरेपश्चात कृयाकर्म सुरु गरिएकोमा आज नवौँ दिन पुगेको छ । बाह्रौँ दिनमा कृयाकर्म सक्ने परिवारजनले जनाएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार