मुख्य समाचार
१५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने | भोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश शुल्क | विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता |

प्रथम लेटाङ नगर महिला भलिवल कप सञ्चालन हुने

मोरङ खबर 473+ समाचार ( )
७ जेठ २०८१, सोमबार

लेटाङ । प्रथम लेटाङ नगर महिला भलिवल कप २०८१ सञ्चालन हुने भएको छ । नगर खेलकुद विकास समिति, लेटाङ नगरपालिकाको आयोजनामा यही जेठ १३ गतेदेखि १५ गतेसम्म  प्रथम नगर महिला भलिवल कप सञ्चालन हुन लागेको हो । लेटाङ ४ स्थित भलिवल क्लवको खेल मैदानमा हुने प्रतियोगितामा लेटाङ नगरपालिका भित्रका ९ वटा वडाहरुले सहभागिता जनाउने छन् । नगरपालिकाले जेठ १० गते भित्र खेलाडी दर्ताका लागि वडा कार्यालयहरुलाई पत्राचार गरिसकेको छ । 

प्रतियोगिताको विजेता टीमले ट्रफी सहित नगद ६८ हजार र उपविजेता टीमले ट्रफिसहित ३५ हजार नगद पाउने छन् । यसैगरि तेश्रो स्थान हासिल गर्ने टीमले नगद २० हजार, अनुशासित टीमले नगद ६ हजार र ३ वटा विधामा उत्कृष्ट हुने खेलाडीलाई नगद  १ हजार ५ सयका दरले पुरस्कृत गरिने शिक्षा शाखाका कर्मचारी अनिल मिश्रले जानकारी दिनुभयो । 

अन्यत्रका पालिकाहरुमा उपमेयर कप भनेर नामाकरण गरि सञ्चालन गर्ने अभ्यास रहेकोमा लेटाङमा भने नगर महिला भलिवल कपको नाममा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । खेलकुद प्रतियोगिताहरुलाई कुनै व्यक्ति वा पदसँग जोडेर सञ्चालन गर्नु भन्दा समग्र नगरकै गौरवको रुपमा नामाकरण गरि सञ्चालन गर्ने परिपाटीको सुरुवात गर्दै गरिएको उपप्रमुख कृष्ण कुमारी निरौलाले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार