मुख्य समाचार
कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन | नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ |

अस्पतालमा ७८ औं जन्मोत्सव, विरामीलाई बस्न ब्रेञ्च उपहार

मोरङ खबर 485+ समाचार ( )
१९ वैशाख २०८१, बुधवार

लेटाङ । लेटाङ ५ खेरुवाका पुष्पलाल दाहाल भर्खरै ७८ वर्ष पुग्नुभयो । उहाँले आफ्नो ७८ औं जन्मदिनलाई घरपरिवारमा मात्र सिमित राख्नु भएन । ७८ औं जन्मदिन मनाउनै लाग्दा दाहालले आफूलाई यो उमरमा औषधोपचार गरिदिने नगर अस्पताललाई सम्झनुभयो ।

उहाँ अचेल आफ्नो विरामका लागि उपचार गर्न तथा विमामार्फतको औषधि लिन नगर अस्पताल गइरहनुहुन्छ । तर पछिल्लो सयम अस्पतालको सेवा प्रवाहमा सुधार भएसँगै विरामीहरुको चाप बढेपछि उहाँले अस्पताल पुगेका बेला बस्ने ठाउँको अभाव झेल्नु पर्यो । सोहि कुरालाई मध्यनजर गरेर दाहालले आफ्नो ७८ औं जन्मदिन मंगलबार आफूलाई दीर्घजीवन दिने अस्पताललाई सहयोग गरेर अस्पतालका सञ्चालक र कर्मचारीहरुसँग मनाउनु भएको छ । 

दाहालले जन्मदिनको अवसरमा विरामीहरुका लागि बस्ने काठको व्रेञ्च अस्पताललाई प्रदान गर्नुभयो । उहाँले जन्मदिनको अवसरमा केट काट्नु भएन बरु आफ्नै घरमा आफुलै नै उत्पादन गरेको दूध लगेर सहभागी सबैलाई दूध र विस्कुट खुवाउनु भयो । सो अवसरमा अस्पताल सञ्चालक समितिका पदाधिकारीहरु तथा अस्पतालका डाक्टर र कर्मचारीहरुले दाहाललाई बधाई तथा दीर्घजीवनको शुभकामना दिए ।

लेटाङ ३ का वडाध्यक्ष तथा अस्पताल सञ्चालक समिति अध्यक्ष डम्बर बहादुर राई, उपाध्यक्ष अमिता राई, सदस्य धनकुमारी लिंखा, सारदा भट्टराई, वडासदस्य राम अधिकारी र डाक्टर धर्मेन्द्र यादव लगायत सो अवसरमा सहभागी हुनुभयो । वडाध्यक्ष राईले जन्मदिनमा अनावश्यक फजुल खर्च गर्नुभन्दा पनि यसरी नै सामाजिक सेवाका काममा खर्च गर्न सबैलाई प्रेरणा प्रदान गरेको भन्दै दाहालको प्रशंशा गर्नभुयो । 

उहाँले पछिल्लो सयम अस्पतालको सेवा प्रवाहमा सुधार आएसँगै विरामीहरुको चाप बढेपछि बस्ने ठाउँको अभाव भएको अवस्थामा बस्ने ब्रेञ्च सहयोग गर्नु भएकोमा दाहालाई पनि धन्यवाद दिनुभयो । उहाँले विभिन्न अभाव र समस्याका बाबजुद अस्पतालको सेवा प्रवाह सुधार गर्न लागि परेको पनि बताउनुभयो । अस्पताललाई यसअघि कमलपुर सामुदायीक वन र कीर्तिमान सामुदायीक वनले समेत ब्रेञ्च प्रदान गरेका थिए ।  

प्रतिक्रिया

भाेला १९ वैशाख २०८१, बुधवार

काकाले लेटाङ्गकाे बारेमा कबिता बाचन गरेकाे छुटेछ ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार