मुख्य समाचार
विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता | ३० अर्बको दैनिक कारोबार लक्ष्यसहित पूँजी बजारको १० वर्षे गुरुयोजना सार्वजनिक | आज तरहरामा ‘कोरा २०२६’ हुने, ६ सयभन्दा बढी साइकलयात्री सहभागी हुने |

इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’

मोरङ खबर 471+ समाचार ( )
१० श्रावण २०८३, आइतबार

इटहरीः इटहरी उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापन शुल्कमा मूल्य अभिवृद्धि कर (भ्याट) थपिएको भन्ने प्रचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उपमहानगरले हालसम्म फोहोर व्यवस्थापन शुल्कमा भ्याट लगाउने वा समावेश गर्ने कुनै निर्णय, सहमति वा सम्झौता नभएको स्पष्ट पारेको छ ।

नगर प्रमुख हेमकर्ण पौडेलद्वारा जारी प्रेस विज्ञप्तिअनुसार इटहरी उपमहानगरपालिका, वैकल्पिक ऊर्जा केन्द्र र वेस्ट एन्ड इन्भारो म्यानेजमेन्ट प्रालिबीच भएको त्रिपक्षीय सम्झौताअनुसार घरधुरी, उद्योग, पसल तथा अन्य व्यावसायिक प्रतिष्ठानबाट दैनिक उत्पादन हुने फोहोरमैला निजी क्षेत्रमार्फत सङ्कलन तथा व्यवस्थापन हुँदै आएको छ ।

उपमहानगरपालिकाले पछिल्लो समय फोहोर व्यवस्थापन शुल्कमा भ्याट जोडेर शुल्क वृद्धि गरिएको भन्ने विषय सामाजिक सञ्जाल र सार्वजनिक स्थानमा चर्चाको विषय बनेको उल्लेख गर्दै त्यसमा कुनै सत्यता नरहेको जनाएको छ ।

सो विज्ञप्तिमा फोहोर व्यवस्थापन शुल्कमा भ्याट समावेश गर्ने सम्बन्धमा उपमहानगरपालिका र सेवा प्रदायक कम्पनीबीच कुनै निर्णय नभएको स्पष्ट पारिएको छ ।
उपमहानगरपालिकाले हाल कायम रहेको साविककै दरअनुसार फोहोर व्यवस्थापन शुल्क तिर्न सबै नगरवासी तथा सरोकारवालालाई अनुरोध गरेको छ ।

आधिकारिक सूचना बाहेकका हल्ला र भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न पनि नगरले आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार