मुख्य समाचार
१५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने | भोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश शुल्क | विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता |

अनेमसंघ लेटाङको नयाँ नेतृत्व चयन, अध्यक्षमा यशोदा दुलाल

मोरङ खबर 473+ समाचार ( )
२१ वैशाख २०८१, शुक्रबार

लेटाङ । अखिल नेपाल महिला संघ (अनेमसंघ) लेटाङ नगर कमिटीको नयाँ नेतृत्व चयन गरिएको छ । शुक्रबार भएको तेश्रो नगर अधिवेशनले यशोदा दुलालको अध्यक्षतामा सर्वसहमतिमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा केशिमाया राई, सचिवमा पवित्रा मगर, सहसचिवमा रत्ना पौडेल र कोषध्यक्षमा थिर कुमारी पोखरेल चयन हुनु भएको छ । नेकपा एमाले स्थायी कमिटी सदस्य डा शिवमाया तुम्वाहाङ्फेको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले ३१ सदस्यीय नगर कमिटी गठन गरेको हो । 

अनेमसंघ नगर कमिटी अध्यक्ष मन कुमारी राईको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज धनमाया तामाङ, केन्द्रीय सदस्य टीका भट्टराई, अनेमसंघ कोशी प्रदेश उपाध्यक्ष सरला राई, नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा लेटाङ नगर प्रमुख भूपेन्द्र कुमार लावती, अनेमसंघ कोशी प्रदेश कमिटी सचिवालय सदस्य मेनुका आचार्य, अनेमसंघ कोशी प्रदेश कमिटी सदस्य तथा लेटाङ नगर उपप्रमुख कृष्णकुमारी निरौला, अनेमसंघ कोशी प्रदेश कमिटी सदस्य चीजमाया चेम्जोङ, अनेमसंघ मोरङ जिल्ला कमिटी अध्यक्ष भिष्मा रेग्मी लगायत अनेमसंघ र नेकपा एमालेका विभिन्न कटिमीका नेताहरुको आतिथ्यता रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्वाहाङ्फेले पानशमा दीप प्रज्ज्वलन गरि अधिवेशनको उद्घाटन गर्नुभयो । अधिवेशन उद्घाटन पश्चात मन्तव्य राख्दै उहाँले अनेमसंघले महिलाको हक अधिकार मात्र नभएर महिला र पुरुषहरुको समान सहभागीताको कुरालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीसँग समन्वय गर्दै महिलाहरुको हक अधिकार स्थापित गर्ने कार्यमा अघि बढ्न पनि आग्रह गर्न्ुभयो । संविधानले महिलाको पक्षमा ग्यारेन्टी गरेका कपितय व्यवस्थाहरु अझै पनि व्यवहारमा कार्यान्वयन नभएको पाइएको भन्दै उहाँले त्यसको कार्यान्वयन गरेर लैजानुपर्नेमा जोड दिनुभयो ।

उहाँले संविधानमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चित गरेअनुशार पार्टीले पनि हरेक कमिटीमा ३३ प्रतिशत महिला सुनिश्चित गरेर महिलाहरुलाई प्राथमिकता दिंदै आएको जानकारी दिनुभयो । अन्य पार्टीका महिला संगठन भन्दा अनेमसंघ बढी सक्रिय भएको बतउँदै उहाँले महिला अधिकारका विषयमा अनेमसंघले स्थापनाकालदेखि नै भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले महिला भएर मात्र नभइ पुरुषहरुसँग प्रतिस्पर्धामा उत्रिएर अघि बढ्ने गरि क्षमताको विकास गर्नेतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा उपाध्यक्ष यशोदा दुलालले स्वागत मन्तव्य राख्नु भएको थियो भने अध्यक्ष मनकुमराी राईले राजनीतिक प्रतिवेदन, सविच तारा गुरागाईं निरौलाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष चम्पा थापा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सहगभाीहरुले गीत तथा कविता प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार