मुख्य समाचार
भोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश शुल्क | विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता | ३० अर्बको दैनिक कारोबार लक्ष्यसहित पूँजी बजारको १० वर्षे गुरुयोजना सार्वजनिक |

मोरङ पाथिभरामा विज्ञान प्रदर्शनी तथा रोवोटिक्स प्रतियोगिता सम्पन्न

मोरङ खबर 472+ समाचार ( )
१८ मंगशिर २०८२, बुधवार
लेटाङ । लेटाङ–२ स्थित मोरङ पाथिभरा इङ्लिस स्कुलमा ’कोशी आविष्कार मेला १.०’ नाम दिएर २ दिने विज्ञान प्रदर्शनी तथा रोवोटिक्स प्रतियोगिता सम्पन्न गरिएको छ ।
सोमबार र मंगलबार भएको विज्ञान प्रदर्शनीमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विज्ञानका विभिन्न नियमहरुमा आधारित भएर निर्माण गरेका उपकरणको नमुना प्रदर्शनी गरेका छन् ।
विद्यार्थीहरुले वाटर प्युरिफिकेसन, हाइड्रोलिक व्रिज, हाइड्रोलिक पार्किङ, वाटर साइकल, पोजेक्टर, स्मार्ट सीट लगायतका प्रविधि प्रदर्शनी गरेका थिए ।
कार्यक्रममा रोवोटिक्स प्रतियोगिता मुख्य आकर्षणको रुपमा रहेको थियो । जस अन्तरगत छिटोछरितो रुपमा नयाँ प्रविधि बनाउने रोवोटिक्स हाकाथन र रोवो सकर लिगमा विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका छन् ।

छिटोछरितो रुपमा नयाँ प्रविधि बनाउने रोवोटिक्स हाकाथन अन्तरगत विद्यालयमा अध्ययनरत विद्यार्थीका ४ वटा समूह सहभागी भए । उनीहरुले होम अटोमेसन, आटोमेटिक इरिगेसन, ग्याँस लिकेज डिटेक्सन र वेदर मोनिटरिङ प्रविधि प्रस्तुत गरे ।
जसमा खाना पकाउने ग्याँस चुहावट हुँदा सूचना दिने प्रविधि ग्याँस लिकेट डिटेक्सन प्रविधि बनाउने विद्यार्थीहरु उत्कृष्ट भइ राष्ट्रिय स्तरको प्रतियोगिताका लागि छनौट भएका छन् ।

यसैगरि रोवोटिक्स प्रतियोगिता अन्तरगत नै रोवो सकर लिगमा विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका विभिन्न ६ वटा समूहबीच भएको रोवो सकर लिगमा रोवोटलाई फुटबल खेलाएर प्रतिस्पर्धा गराइएको थियो ।
सो प्रतिस्पर्धामा टीगर कम्बो टीम प्रथम र एमपीइएस गल्र्स टीम दोश्रो भएका छन् । दुवै टोली काठमाडौँमा हुने राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका छन् ।

नेपालका विभिन्न ठाउँका विभिन्न विद्यालयमा क्रमागत रूपमा रोवोटिक्स प्रतियोगिता सञ्चालन भइरहेकाले उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गर्ने टोलीले राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न पाउने विद्यालयमा रोवोटिक्स प्रशिक्षण गराउने सँस्था उत्थान ल्याव रोवोटिक्सका सिइयो विनम श्रेष्ठले जानकारी दिनुभयो । यस्तै राष्ट्रिय स्तरमा उत्कृष्ट हुने टोलीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न इन्डोनेसिया जाने मौका पाउने उहाँको भनाइ छ ।

विद्यार्थीहरुले कक्षाकोठामा सिकेका सिद्धान्तलाई वास्तविक जीवनका समस्यासँग जोडेर समाधान खोज्न सिकाउने उद्देश्ले कार्यक्रम गरिएको विद्यालयका पिन्सिपल खगेन्द्रराज भण्डारीले बताउनुभयो । उहाँले भविष्यमा पनि यसैगरी प्रविधिमुखी सिकाइलाई निरन्तरता दिने योजना विद्यालयले अघि सारेको जानकारी दिनुभयो ।

कार्यक्रमबाट विद्यार्थीहरूको सीप, जिज्ञासा र नवप्रवर्तन क्षमतालाई उजागर गर्न मद्दत पुगेको विद्यालयका शिक्षक अमित भण्डारीको भनाइ छ ।
विद्यालयको रोवोटिक्स क्लवका मेम्बर सुदीप ढकालको अध्यक्षतामा भएको कार्यक्रममा लेटाङ २ का वडासदस्य निलम ज्यू ठकुरीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा लेटाङ प्याव्सनका अध्यक्ष भोलानाथ पाण्डे, सचिव खगेन्द्रबहादुर कार्की, मोरङ पाथिभरा इंग्लिस स्कुलका अध्यक्ष मनोज विष्ट, प्रिन्सिपल खगेन्द्रराज भण्डारी, लेटाङ नगरपालिकाका आन्तरिक लेखा परिक्षक सरोज सुवेदी, शिक्षा शाखाका कर्मचारी अनिल मिश्र, उत्थान ल्याव रोवोटिक्सका सिइयो विनम श्रेष्ठ तथा सञ्चारकर्मीहरु लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार