मुख्य समाचार
कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन | नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ |

लेटाङका अग्रज कम्युनिष्ट लक्ष्मण विक सम्मानित

मोरङ खबर 485+ समाचार ( )
२ मंगशिर २०८०, शनिबार

लेटाङ । नेकपा एमाले लेटाङ नगरपालिका ४ नम्बर शाखा कमिटीले पार्टीका अग्रज तथा सामाजिक व्यक्तित्व लक्ष्मण विकलाई सम्मान गरेको छ । ४ नम्बर शाखा कमिटीले आज लेटाङ ४ स्थित गंगे चौकमा विशेष कार्यक्रम आयोजना गरि ८४ औं जन्मोत्सवको अवसर पारेर आग्रज व्यक्तित्व विकलाई सम्मान गरेको हो । 

नेकपा एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आग्रज कम्युनिष्ट तथा समाजिक व्यक्तित्व विकलाई फूलमाला र दोसल्ला ओढाएर नगद १० हजार सहितसम्मान गरिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष खतिवडाले भूमिगत कालमा लेटाङ र सिंगै उत्तरी मोरङमा पार्टीका गतिविधि अघि बढाउन विकले योगदान पुर्याउनु भएको स्मरण गर्नुभयो । तत्कालिन समयमा लक्ष्मण विक जस्ता व्यक्तित्वहरुकै योगदानका कारण पार्टी अहिलेको अवस्थामा आएको भन्दै उहाँले पार्टीका नेताहरुले समेत उहाँहरुको योगदानको उच्च मूल्यांकन गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा लेटाङ नगरपालिका प्रमुख तथा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य भूपेन्द्र कुमार लावती, जिल्ला कमिटी सदस्य तथा लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला, सामाजिक व्यक्तित्व रामभक्त कुरुङ्वाङ लगायतले विकले लेटाङ क्षेत्रको विकासमा पुर्याएको योगदानको चर्चा गर्नुभयो । 

नेकपा एमाले ४ नम्बर शाखा कमिटी अध्यक्ष अवतार राईको अध्यक्षतमा भएको कार्यक्रममा पार्टीका जिल्ला कमिटी सदस्यहरु, नगर कमिटीका पदाधिकारी तथा सदस्यहरु, वडा कमिटीका पदाधिकारी तथा सदस्यहरु, विभिन्न वडाका वडाध्यक्षहरु तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार