मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

कालेबुदुली सडकको काम सूचारु, गुणस्तरीय काम गर्ने गराउने प्रतिवद्धता (भिडियोसहित)

रेवती रमण निरौला 160+ समाचार ( )
३ जेठ २०८१, बिहीबार

लेटाङ । लेटाङदेखि धनकुटाको ६ नम्बर बुधबारे जाने सडक निर्माण कार्य रोकेर आन्दोलिन भएका स्थानीयवासी काम सूचारु गराउन सहमत भएका छन् । बुधबार लेटाङ नगरपालिकामा भएको छलफलमा पूर्वाधार विकास कार्यालयका प्रतिनिधि र ठेकेदार पक्षले गुणस्तरीय काम गर्ने गराउने भनि प्रतिवद्धता जनाएपछि स्थानीयवासी काम सूचारु गराउन सहमत भएका हुन् । 

सडकको साइड ड्रेन निर्माण कार्यमा लापरवाही भएको पाइएपछि स्थानीयवासीले ड्रेन निर्माणको काम बन्द गराएका थिए । त्यसपछि लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावती सहितको टोलीले अनुगमन गर्दा समेत लापरवाहीपूर्ण काम भएको पाइएपछि कामको गुणस्तरीयताको विषयमा नगरपालिकाको पहलमा सरोकारवालाहरुबीच छलफल गराइएको हो । 

छलफलमा कोशी प्रदेश सांसद खड्ग बस्नेत, कोशी प्रदेशका पूर्वमन्त्री उपेन्द्र प्रसाद घिमिरे, नगर प्रमुख भूपेन्द्र कुमार लावती, पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख सुशील श्रेष्ठ, ठेकेदार कम्पनीका प्रतिनिधि निरज राउत, स्थानीय सरोकारवालाहरु लगायतको सहभागिता रहेको थियो । छलफल पश्चात गुणस्तरीय काम गर्ने गराउने समझदारी गरिएको छ । पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठले ठेकेदार पक्षले केहि कमिकमजोरी गरेको पाइएकाले त्यसलाई सच्याएर लैजाने बताउनु भयो । 

उहाँले जनशक्ति अभावका कारण पूर्वाधार विकास कार्यालयको तर्फबाट अनुगमनमा कमी कमजोरी भएको स्विकार गर्दै जनशक्ति थप गरि प्रभावकारी अनुगमन गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ ।  यता ठेकेदार कम्पनी सन्तोषी जोया एण्ड ब्रोदर्स जेभी सुनसरीका कन्ट्रयाक मेनेजर निरज राउतले जानीबुझी नियतबस गलत काम नगरिएको भन्दै अञ्जनमा गलत भएको हुनसक्ने भएकाले सच्याएर अघि बढ्ने बताउनु भएको छ  । 

छलफलका क्रममा स्थानीय सरोकारवालाहरुले सुधार गर्नुपर्ने विषय उल्लेख गरिएको ६ बुंदे मागपत्र समेत हस्तानतरण गरेका छन् । माग पत्रमा ड्रेनमा गुणस्तरहित ढुंगा प्रयोग गरिएको, निर्माण भएको संरचना पानीले नभिजाएको, भाइव्रेट प्रयोग नगरिएको, सिमेन्टको मात्र कम प्रयोग गरिएको र प्रभावकारी रुपमा अनुगमन गर्नुपर्ने जस्ता विषय समेटिएका छन् । स्थानीय राजविक्रम राईले पूर्वाधार विकास कार्यालय र ठेकेदार दुवै पक्षबाट गुणस्तरीय काम गर्ने प्रतिवद्धता आएकाले काम सुचारु गर्न दिइएको बताउनुभयो । 

छलफल पश्चात सडक निर्माण क्षेत्रको स्थलगत अनुगमन निरीक्षण समेत गरिएको छ ।  अनुगमनका क्रममा  ड्रेनको सोलिङमा गुणस्तरहिन ढुंगा प्रयोग भएको, सिमेन्टको मात्र नपुगेर ड्रेनको पर्खाल चर्किएको, पानी लगाउने काम अपर्याप्त भएको र ग्याविङ वालमा त्रुटी देखिएको पाइएको छ । गलत भएको ठाउँमा पुरानो संरचना भत्काएर नयाँ निर्माण गर्ने तथा अब बन्ने संरचनामा गुणस्तरीयता कायम गर्ने सहमति भएको नगर प्रमुख लावतीले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा स्थानीयवासीले किन यस्तो गलत काम गरेको भन्दै ठेकेदार कम्पनीका प्रतिनिधिलाई र्याखर्ख्ती पारेका थिए । सो क्रममा ठकेदार कम्पनीका प्रतिनिधि र स्थानीयवासीबीच विवद समेत भएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार