मुख्य समाचार
द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारलाई | पोलियोलाई पराजित गर्दै आत्मनिर्भरताको उदाहरण बनेका लेटाङका टंकबहादुर | नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस |

सुन्दरहरैंचामा भित्रियो धान रोप्ने मेसिन, रोपाहारले भन्दा ७ गुणा सस्तो (भिडियोसहित)

रेवती रमण निरौला 160+ समाचार ( )
१२ श्रावण २०८१, शनिबार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा पहिलोपटक मेसिनबाट धान रोपिएको छ । सुन्दरहरैंचा २ मृगौलियाका युवा किसान शेखर निरौलाले आफ्नो १ विगाहा जग्गामा हाते मेसिनको प्रयोग गरि धान रोप्नु भएको हो । 

सामाजिक सञ्जालमा धान रोप्ने मेसिन देखेपछि राम्रो लागेर बितरकसँग सम्पर्क गरि मेसिन मगाएर परीक्षणको रुपमा धान रोपेर हेरिएको उहाँको भनाइ छ । सो मेसिनले १ विगाहा क्षेत्रमा करिव २ घण्टामा धान रोप्न सकिने तथा प्रतिघण्टा आधा लिटर मात्र पेट्रोल खर्च हुने भएकाले १ हजार भन्दा कम खर्चमा १ विगाहा जग्गामा धान रोप्न सकिने देखिएको निरौलाले जानकारी दिनुभयो । 

एक विगाहा जग्गामा धान रोप्न १०, १२ जना रोपाहार लाग्ने भएकाले मानिसले धान रोप्दा कप्तिमा पनि  ६, ७ हजार खर्च हुने गरेकोमा मेसिनको प्रयोग गर्दा ७ गुणा कम खर्चमै रोपाईँ हुने भएको छ । 

बुधबार निरौलाले सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाईं, कृषि शाखाका कर्मचारी सुदीप भण्डारी, कृषि ज्ञान केन्द्र मोरङका कर्मचारी रामदेव सिंह तथा स्थानीय सञ्चारकर्मीहरुलाई समेत बोलाएर मेसिनले धान रोपेर देखाउनु भएको थियो । 

सो देखेपछि सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदार प्रसाद गुरागाईंलेधान रोप्ने मेसिन उपयोगी देखिएको भन्दै आगामी योजनामा कृषकहरुलाई अनुदानमा धान रोप्ने मेसिन उपलब्ध गराउने बताउनु भएको छ । 

एकतर्फ धान रोप्ने रोपाहार नपाउने तथा पाएपनि महंगो ज्याला दिनुपरिरहेको अवस्थामा मेसिन विकल्पको रुपमा देखिएको छ । जसबाट जनशक्ति अभावको समस्या समाधान हुने भएको छ भने अर्कातर्फ निकै कम खर्चमा नै रोपाइँ हुने भएको छ । जसका कारण लगानी अनुसारको प्रतिफल प्राप्त भइ कृषकहरुलाई कृषि कर्ममा लाग्न हौसला मिल्ने देखिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार