मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङ खेलकुद महोत्सव : म्यराथनतर्फ विवेक श्रेष्ठ र यानी मगर प्रथम

रेवती रमण निरौला 160+ समाचार ( )
लेटाङ खेलकुद महोत्सव अन्तरगत आज बुधबार सम्पन्न १३ वर्ष मुनिको ३ किलोमिटर म्याराथनमा लेटाङ ५ का विवेक श्रेष्ठले प्रथम स्थान हासिल गरेका छन् । लेटाङ कानेपोखरी सडकखण्डको गंगेचौकदेखि फायरलाइनसम्मको निर्धारित ३ किलोमिटरको दुरी १२ मिनेट १३ सेकेण्डमा पुरा गर्दै श्रेष्ठ प्रथम भएका हुन् ।
७ फाल्गुन २०८१, बुधवार

लेटाङ  । लेटाङ खेलकुद महोत्सव अन्तरगत आज बुधबार सम्पन्न १३ वर्ष मुनिको ३ किलोमिटर म्याराथनमा लेटाङ ५ का विवेक श्रेष्ठले प्रथम स्थान हासिल गरेका छन् । लेटाङ कानेपोखरी सडकखण्डको गंगेचौकदेखि फायरलाइनसम्मको निर्धारित ३ किलोमिटरको दुरी १२ मिनेट १३ सेकेण्डमा पुरा गर्दै श्रेष्ठ प्रथम भएका हुन् । 

यसैगरि लेटाङ १ का विवेक मगर १२ मिनेट १९ सेकेण्डमा निर्धारित दुरी पुरा गरि दोश्रो भएका छन् । लेटाङ १ कै समिल मगर १२ मिनेट ५१ सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै तेश्रो हुँदा विराज लिम्बू १३ मिनेट ३ सेकेण्डमा दुरी पुरा गरेर चौथो भएका छन् । छात्रतर्फको म्याराथनमा १३ वर्ष मुनिका ५८ जनाले सहभागिता जनाएका थिए ।  

यसैगरि छात्रातर्फ लेटाङ ३ की यानी मगर प्रथम भएकी छन् । यानीले १३ मिनेट २८ सेकेण्डमा दौड पुरा गर्दै पहिलो बनेकी हुन् । यस्तै लेटाङ ९ की मिनाक्षी राई  १४ मिनेट ५७ सेकेण्डमा दौड पुरा गर्दै दोश्रो भइन् ।  

यसैगरि लेटाङ ५ की दीपशिखा राई १५ मिनेट १४ सेकेण्डमा दौड पुरा गर्दै तेश्रो हुँदा प्रीति राईले १६ मिनेट १० सेकेण्डा दौड पुरा गरेर चौथो स्थान प्राप्त गरिन्् । छात्रातर्फको म्याराथनमा १८ जना सहभागी भएका थिए । छात्र र छात्रा दुवैतर्फ प्रथम हुनेले ८ हजार, दोश्रोले ५ हजार, तेश्रोले ४ हजार र चौथोले ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार