मुख्य समाचार
कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन | नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ |
मुख्य समाचार
कर्फ्यु उल्लङ्घन भएपछि सुनसरीको कप्तानगञ्जमा गरियो सेना परिचालन | नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको भयो उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारी साधनमात्रै सञ्चालन हुने | आज पनि बढ्यो सुनचाँदीको मूल्य | सबि मेवाहाङका छन्दोबद्ध कविता सुनेर यसरी मन्त्रमुग्ध भए साहित्यानुरागी | धनकुटाको तल्लो टुँडिखेलमा पुनः खेलकुद गतिविधि हुने, गरियो सरसफाइ | झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश | छाउपडीको कथा बोकेको ‘हली’ साउन २२ गतेदेखि प्रदर्शन हुने | बोलबम जाँदै गरेका युवा र स्थानीयबीच कप्तानगञ्जमा झडप हुँदा १ जनाको मृत्यु, प्रहरी निरीक्षकसहित १६ जना घाइते | त्रिविको प्रश्नपत्र सार्वजनिक गर्ने सिआईबीद्वारा पक्राउ | फिदिममा बेठी लगाएर गरियो रोपाइँ |


प्रथम लेटाङ नगर महिला भलिवल प्रतियोगिता सुरु : वडा नम्बर ३, ४, ७ र ९ विजयी (भिडियोसहित)

रेवती रमण निरौला 160+ समाचार ( )
१३ जेठ २०८१, आइतबार

लेटाङ । प्रथम लेटाङ नगर महिला भलिवल कप २०८१ आइतबारदेखि सुरु भएको छ । लेटाङ ४ स्थित भलिवल कोर्टमा सुरु भएको प्रतियोगिता अन्तरगत आइतबार विहान र साँझ गरि ४ वटा खेल सम्पन्न भएका छन् । विहान भएको पहिलो खेलमा वडा नम्बर ७ विजयी भएको छ । 

वडा नम्बर ६ विरुद्ध २५-१३ र २५-९ को सोझो सेटमा सहज जित निकाल्दै वडा नम्बर ७ ले विजयी सुरुवात गरेको हो । वडा नम्बर ७ ले अब सेमीफाइनल प्रवेशका लागि वडा नम्बर ८ सँग सोमबार विहान ७ बजे खेल्दैछ । नगरका ९ वटा वडाहरुबीच प्रतिस्पर्धा गराउन गोलाप्रथाद्वारा खेल तालिका निर्माण गर्दा वडा नम्बर ७ ले १ खेल बढी खेल्नुपर्ने भएको हो । 

यसैगरि आइतबार विहानै भएको दोश्रो खेलमा वडा नम्बर ५ लाई पराजित गर्दै वडा नम्बर ९ विजयी भएको छ । वडा नम्बर ५ लाई २५-२३ र २५-१२ को सोझो सेटमा पराजित गर्दै वडा नम्बर ९ ले सेमीफाइनलमा स्थान बनाएको छ । 

यसैगरि आइतबार साँझ २ खेल भएका छन् । पहिलो खेलमा वडा नम्बर २ लाई २५-१६ र २५-११ को सोझो सेटमा पराजित गर्दै वडा नम्बर ३ ले सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ ।  

यस्तै आइतबार साँझ भएको दोश्रो खेलमा वडा नम्बर १  र वडा नम्बर ३ बीच निकै कडा प्रतिस्पर्धा भएकोमा वडा नम्बर ३ ले जित हात पारेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा वडा नम्बर १ लाई २५-२१ र २७-२५ को सोझो सेटमा पराजित गर्दै वडा नम्बर ३ सेमीफाइनलमा पुगेको छ ।  

दोश्रो सेटको अन्त्यतिर मुख्य रेफ्रीले वडा नम्बर ३ लाई अंक दिएको अवस्थामा सहायक रेफ्रीले फल देखाएपछि केहिबेर खेलमा विवाद पनि भएको थियो । २४-२४ को अवस्थामा खेल भइरहेका बेला रेफ्रीले वडा नम्बर ३ लाई अंक दिएर २५ पुर्याए पनि सहायक रेफ्रीले फल देखाएपछि विवाद भएको हो । पछि मुख्य रेफ्रीको निर्णयलाई सदर गर्दै २५-२४ बाट खेल खेलाइएकोमा वडा नम्बर ३ ले २७-२५ ले खेल जित्यो । खेलमा विवाद भएर राति भएको अवस्थामा मैदानमा जडान गरिएको फ्लड लाइटको सहायताले खेल खेलाइएको थियो ।  

प्रतियोगिता अन्तरगत सोमबार विहान ७ वजे हुने अन्तिम क्वाटरफाइनल खेलमा वडा नम्बर ७ र वडा नम्बर ८ प्रतिस्पर्धा गर्दैछन् । यस्तै साँझ ४ बजे वडा नम्बर ३ र ९ विच फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनल खेल हुनेछ ।  


साँझ साढे ४ बजे वडा नम्बर ४ सँग वडा नम्बर ७ र ८ बीच हुने खेलको विजेता टोलीले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तरगत तेश्रो स्थानका लागि मंगलबार विहान ७ बजे खेल हुनेछ भने फाइनल खेल मंगलबार साँझ ४ बजेपछि हुनेछ ।  

  लेटाङ ४ स्थित भलिवल क्लवको खेल मैदानमा जारी प्रतियोगितामा लेटाङ नगरपालिका भित्रका ९ वटा वडाहरुले सहभागिता जनाएका छन् ।  प्रतियोगिताको विजेता टीमले ट्रफी सहित नगद ६८ हजार र उपविजेता टीमले ट्रफिसहित ३५ हजार नगद पाउने छन् । 

यसैगरि तेश्रो स्थान हासिल गर्ने टीमले नगद २० हजार, अनुशासित टीमले नगद ६ हजार र ३ वटा विधामा उत्कृष्ट हुने खेलाडीलाई नगद  १ हजार ५ सयका दरले पुरस्कृत गरिने जनाइएको छ ।  

अन्यत्रका पालिकाहरुमा उपमेयर कप भनेर नामाकरण गरि सञ्चालन गर्ने अभ्यास रहेकोमा लेटाङमा भने नगर महिला भलिवल कपको नाममा प्रतियोगिता सञ्चालन गरिएको हो । खेलकुद प्रतियोगिताहरुलाई कुनै व्यक्ति वा पदसँग जोडेर सञ्चालन गर्नु भन्दा समग्र नगरकै गौरवको रुपमा नामाकरण गरि सञ्चालन गर्ने परिपाटीको सुरुवात गरिएको उपप्रमुख कृष्ण कुमारी निरौलाले जानकारी दिनुभयो । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।  


प्रतिक्रिया

mohan gadtaula १३ जेठ २०८१, आइतबार

Nagarkai gaurab badaaiyeko chha .mahilaa bhalibal cup ko namaakaran garera....thanks for ltg municipality...

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार