लेटाङ । शेयर बजारमा प्रवेशका लागि आवश्यक पर्ने डिम्याट खाता खोल्नेको सङ्ख्या नेपालमा ८० लाख नाघेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार हालसम्म ८० लाख ९ हजार ६२३ डिम्याट खाता खोलिएका छन् ।
तर सक्रिय लगानीकर्ताको सङ्ख्या भने ५१ लाख ४८ हजार ८९४ जना मात्रै छ । डिम्याट खाताको सङ्ख्या बढी देखिनुको अर्को कारण एउटै व्यक्तिले दुई वा दुईभन्दा बढी खाता खोल्न पाउने व्यवस्था पनि हो ।
हालसम्म १८ अर्ब ६० करोड २९ लाख ५८ हजार ७८२ कित्ता शेयर मात्रै डिम्याटमा रहेको छ । तर नेप्सेमा सूचीकृत कुल शेयर सङ्ख्या १९ अर्ब २७ करोड ६४ लाख ८८ हजार ६९८ कित्ता रहेको छ । अझै ६७ करोड ३५ लाख २९ हजार ९१६ कित्ता शेयर डिम्याट हुन बाँकी रहेको देखिन्छ । डिम्याटको व्यवस्था हुनुपूर्व रहेका भौतिक शेयर (प्रमाणपत्र शेयर) को अभौतिकीकरण हुन बाँकी हुँदा ती शेयर डिम्याट खातामा जम्मा नभएका हुन् ।