मुख्य समाचार
विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता | ३० अर्बको दैनिक कारोबार लक्ष्यसहित पूँजी बजारको १० वर्षे गुरुयोजना सार्वजनिक | आज तरहरामा ‘कोरा २०२६’ हुने, ६ सयभन्दा बढी साइकलयात्री सहभागी हुने |

उर्लाबारीका पत्रकार दासमाथि कुटपिट
उर्लाबारीका पत्रकार दासमाथि कुटपिट, दोषिलाई कारवाहीको माग

रेवती रमण निरौला 160+ समाचार ( )
मोरङको उर्लाबारीका पत्रकार पुजन दासमाथि समाचार संकलन गरि फर्कने क्रममा कुटपिट भएको छ । समाचार संकलनकालागि मोरङको रतुवामाई पुगेर फर्किने क्रममा रतुवामाई १० स्थित एक मोटरसाइकल ग्यारेजमा दासमाथि कुटपिट भएको जनाइएको छ ।
२९ जेठ २०८०, सोमबार

सुन्दरहरैंचा । मोरङको उर्लाबारीका पत्रकार पुजन दासमाथि समाचार संकलन गरि फर्कने क्रममा कुटपिट भएको छ । समाचार संकलनकालागि मोरङको रतुवामाई पुगेर फर्किने क्रममा रतुवामाई १० स्थित एक मोटरसाइकल ग्यारेजमा दासमाथि कुटपिट भएको जनाइएको छ । सञ्चार क्लव नेपाल उर्लाबारीका कोषाध्यक्ष समेत रहेका दासमाथि ग्यारेजमा मोटरसाइकल मर्मत गराउँदै गरेको बेला ५,६ जनाको समूहमा आएका व्यक्तिहरुले आक्रमण गरि घाइते बनाएको सञ्चार क्लव नेपाल उर्लाबारीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

क्लवका अध्यक्ष नवराज भट्टराईद्वारा जारी विज्ञप्तीमा पत्रकारमाथि गुण्डागर्दी शैलीमा भौतिक आक्रमण हुनु समग्र प्रेस स्वतन्त्रता माथि नै धावा बोल्नु रहेको भन्दै घटनामा संलग्न दोषिलाई तत्काल पक्राउ गरि कानुनी कारवाहीका लागि प्रहरी प्रशासनसमक्ष माग गरिएको छ । घाइते पत्रकार दासको अनुहारमा चोट लागेको छ भने उनको उर्लाबारीस्थित गोदावारी अस्पतालमा उपचार भइरहेको छ । दास उर्लाबारीस्थित पूर्वी कमाण्ड अनलाइनमा कार्यरत छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार