मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |
मुख्य समाचार
नोवेल एजुकेशनको २० औँ वार्षिकोत्सव सम्पन्न, उत्कृष्ट विद्यार्थी सम्मानित | ब्रदर्स कलेक्सन केराबारीले जित्यो प्रथम सुकेचौरी फुटबलको उपाधि | लेटाङ रन २०८२ भव्यताका साथ सम्पन्न : केन्यादेखि लेटाङसम्मका ७ बढी खेलाडीको सहभागिता (भिडियोसहित) | लेटाङमा सडक अनुशासन र सवारी सुरक्षा अभियान सुरु, बजार प्रवेश मार्गमा ब्यारियर गेट जडान | अब लेटाङ नगरपालिकाबाटै कर सेवाहरू प्रदान गरिने, नगरपालिका र आन्तरिक राजश्व कार्यालय दमकबीच समझदारीपत्रमा हस्ताक्षर | लेटाङका जनप्रतिनिधि टोल–टोलमा पुगेर जनताका समस्या सुन्दै, लेटाङ १ स्थित तल्लो राजारानी र गैरीगाउँका स्थानीयवासीसँग छलफल | लेटाङको नगर गौरवको योजना “अन्तरधार्मिक शान्तिपार्क”, ८० प्रतिशत काम सम्पन्न (भिडियोसहित) | एमाले मोरङद्वारा समानुपातिक उम्मेद्वारको नाम सिफारिस | स्थानीय तहमार्फत करदाता सेवा सुरु, मोरङको केराबारीबाट गरियो शुभारम्भ | चिसाङ, तेली र मोरङी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि लेटाङ नगरपालिकाद्वारा बोलपत्र (ठेक्का) आह्वान |

लेटाङ ३ र ६ पुरुष फुटबलको फाइनलमा
लेटाङ खेलकुद महोत्सव : फुटबल, भलिवल (महिला \ पुरुष) र क्रिकेटको फाइनल खेल्ने टीमको छिनोफानो

रेवती रमण निरौला 160+ समाचार ( )
लेटाङ खेलकुद महोत्सव २०८१ अन्तरगत आज सोमबार पुरुष फुटबल, पुरुष भलिवल, महिला भलिबल र क्रिकेट तर्फको सेमीफाइनल खेल सम्पन्न भएका छन् । फुटबलतर्फ लेटाङ ३ र ६ फाइनलमा पुगेका छन् भने पुरुष भलिवलतर्फ वडा नम्बर १ र ७ , महिला भलिवलतर्फ वडा नम्बर ७ र ९ तथा क्रिकेटतर्फ लेटाङ अस्पताल र राजारानी क्रिकेट क्लव फाइनलमा प्रवेश गरेका छन् ।
५ फाल्गुन २०८१, सोमबार

लेटाङ । लेटाङ खेलकुद महोत्सव २०८१ अन्तरगत आज सोमबार पुरुष फुटबल, पुरुष भलिवल, महिला भलिबल र क्रिकेट तर्फको सेमीफाइनल खेल सम्पन्न भएका छन् । फुटबलतर्फ लेटाङ ३ र ६ फाइनलमा पुगेका छन् भने पुरुष भलिवलतर्फ वडा नम्बर १ र ७ , महिला भलिवलतर्फ वडा नम्बर ७ र ९ तथा क्रिकेटतर्फ लेटाङ अस्पताल र राजारानी क्रिकेट क्लव फाइनलमा प्रवेश गरेका छन् । 

यसैगरि आजै व्याडमिन्टन र टेबल टेनिसका सबै खेल सम्पन्न भएका छन् । टेबल टेनिसतर्फ लेटाङ ४ का युवराज लावती च्याम्पियन भएका छन् । यसैगरि व्याडमिन्टमा ए डिभिजनतर्फ लेटाङ ८ का राजन राई र लेटाङ ४ का निर्मलसागर राईको जोडी च्याम्पियन बनेको छ भने वी डिभिजनतर्फ ल लेटाङ ६ का विकास अधिकारी र लेटाङ ९ की लिला तुम्साको जोडी च्याम्पियन बनेको छ । 

 लेटाङ ३ र ६ पुरुष फुटबलको फाइनलमा  

लेटाङ खेलकुद महोत्सव अन्तरगत पुरुष फुटबलतर्फ आज सोमबार सम्पन्न सेमीफाइनल खेलमा विजयी हुँदै वडा नम्बर ३ र ६ फाइनलमा प्रवेश गरेका छन् । जनसेवा खेल मैदानमा आज भएको पहिलो सेमीफाइनल खेलमा वडा नम्बर २ लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ६ ले उपाधि भिडन्त पक्का गरेको हो ।  

वडा नम्बर ६ का अनिल राईले दोश्रो हाफको २५ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक भयो । यसैगरि आजै भएको दोश्रो सेमीफाइनल खेलमा वडा नम्बर ८ लाई २–१ ले पराजित गर्दै वडा नम्बर ६ पनि फाइनलमा प्रवेश गरेको छ । खेलमा वडा नम्बर ८ ले सन्दीप राईको गोलमार्फत शुरुवाती अग्रता लिएपनि सो अग्रता जोगाउन नसक्दा फाइनल पुग्नबाट चुकेको छ । वड नम्बर ८ का लागि पहिलो हाफको २५ औँ मिनेटमा सन्दीप राईले गोल गर्दै अग्रता दिलएकामा दोश्रो हाफको १८ औँ मिनेटमा वडा नम्बर ६ ले गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो । 

वडा नम्बर ८ का रुपेन मगरले वडा नम्बर ६ का अनुप शिवालाई डिबक्स एरियामा फल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै वडा नम्बर ६ का विजयी लिम्बूले बराबरी गोल फर्काएका हुन् । त्यसपछि लेटाङ ६ का अनुप शिवाले दोश्रो हाफको २६ औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई फाइनलमा पुर्याएका हुन्  । 

निकै प्रतिस्पर्धात्म खेलमा शुरुवाती अग्रतालाई टिकाउन नसक्दा वडा नम्बर ८ ले भने पराजय ब्यहोरेको छ । अब वडा नम्बर ८ ले भोलि मंगलबार दिउँसो ३ बजे तेश्रो स्थानका लागि वडा नम्बर २ सँग प्रतिस्पर्धा गर्नेछ । वडा नम्बर ३ र ६ बीचको फाइनल खेल भने फागुन ७ गते दिउँसो हुने फुटबल खेलका फोकल पर्सन इन्द्र राईले जानकारी दिनुभयो । लेटाङ खेलकुद महोत्सव अन्तरगत फुटबलतर्फ वडा नम्बर ७ बाहेक ८ वटा वडाका टोलीले प्रतिस्पर्धा गरेका थिए । 

  पुरुष भलिवलतर्फ वडा नम्बर १ र ७ फाइनलमा

लेटाङ खेलकुद महोत्सव अन्तरगत पुरुष भलिवलतर्फ आज सोमबार सम्पन्न खेलमा विजयी हुँदै वडा नम्बर १ र ७ फाइनलमा पुगेका छन् । आज भएको पहिलो सेमीफाइनल खेलमा वडा नम्बर ६ लाई ३–१ को सेटमा पराजित गर्दै वडा नम्बर ७ फाइलनमा पुगेको हो । 

यसैगरि दोश्रो सोमीफाइनल खेलमा वडा नम्बर १ ले वडा नम्बर ८ लाई ३–२ को सेटमा पराजित गर्दै वडा नम्बर ७ सँगको उपाधि भिडन्त पक्का गरेको छ । वडा नम्बर १ र ७ बीचको फाइनल खेल भोलि मंगलबार दिउँसो २ बजे हुनेछ भने तेश्रो स्थानका लागि भोलि विहान १० बजे वडा नम्बर ८ र ६ भिड्नेछन् । 

महिला भलिवलतर्फ वडा नम्बर ७ र ९ फाइनलमा 

लेटाङ खेलकुद महोत्सव अन्तरगत आज सोमबार सम्पन्न महिला भलिवलतर्फको खेलमा विजयी हुँदै वडा नम्बर ७ र ९ फाइनलमा पुगेका छन् । आज सोमबार भएको पहिलो सेमीफाइनल खेलमा वडा नम्बर ३ लाई ३–० को सोझो सेटमा पराजित गर्दै वडा नम्बर ७ ले फाइनलमा स्थान बनाएको हो ।

यसैगरि दोश्रो सेमीफाइनल खेलमा वडा नम्बर ५ लाई ३–१ को सेटमा पराजित गर्दै वडा नम्बर ९ फाइनलमा प्रवेश गरेको छ ।  वडा नम्बर ७ र ९ बीचको फाइनल खेल भोलि मंगलबार दिउँसो २ बजे हुनेछ भने तेश्रो स्थानका लागि भोलि विहान १० बजे वडा नम्बर ३ र ५ भिड्नेछन् । 

 क्रिकेटको फाइनलमा लेटाङ अस्पताल र राजारानी भिड्ने 

लेटाङ खेलकुद महोत्सव अन्तरगत क्रिकेटतर्फको फाइनलमा लेटाङ अस्पताल र राजारानी क्रिकेट क्लव भिड्ने भएका छन् । आज सोमबार भएको दोश्रो सेमीफाइनल खेलमा चिसाङ वारियर्सलाई ७६ रनले पराजित गर्दै लेटाङ अस्पताल फाइनलमा पुगेको हो ।

सुरुमा व्याटिङ गरेको लेटाङ अस्पतालले पुरा ओभर खेल्दै ५ विकेटको क्षतिमा २ सय रनको विशाल योगफल तयार गरेको थियो । २ सय १ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको चिसाङ १९ ओभरमा अलहाउट हुँदै १ सय २४ रनमा सिमित भयो । 

यसअघि हिजो भएको खेलमा कीर्तिमानलाई ३१ रनले पराजित गर्दै राजारानी कृकेट क्लव फाइनलमा पुगिसकेको थियो । लेटाङ अस्पताल र राजारानी कृकेट क्लवबीचको फाइनल खेल भोलि मंगलबार दिउँसो १ बजे हुनेछ भने चिसाङ वारियर्स र कीर्तिमान विहान ९ बजे तेश्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । लेटाङ खेलकुद महोत्सव अन्तरगत क्रिकेट प्रतियोगितामा ५ वटा टीम सहभागी थिए । 

व्याडमिन्टनतर्फ राजन र निर्मलसागर तथा विकास र लिलाको जोडि च्याम्पियन

लेटाङ खेलकुद महोत्सव २०८१ अन्तरगत आज व्याडमिन्टनतर्फका सबै खेल सम्पन्न भएका छन् । व्याडमिन्टनमा ए डिभिजन र बी डिभिजन गरि २ समूह निर्माण गरि खेलाडीहरुलाई प्रतिस्पर्धा गराइएकोमा सबै खेल आजै सम्पन्न भएका छन् ।

ए डिभिजनतर्फ लेटाङ ८ का राजधन राई र लेटाङ ४ का निर्मलसागर राईको जोडी च्याम्पियन बनेको छ । लेटाङ ५ का कृष्णराज राई र लेटाङ ४ का विष्णु मगरको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै राजधन र निर्मलसागरको जोडि च्याम्पियन बन्न सफल भएको हो । 

यसैगरि वी डिभिजनतर्फ लेटाङ ६ का विकास अधिकारी र लेटाङ ९ की लिला तुम्साको जोडी च्याम्पियन बनेको छ । उनीहरु लेटाङ ३ का मञ्जित खनाल र लेटाङ ५ का सन्तोष श्रेष्ठको जोडीलाई पराजित गर्दै च्याम्पियन बनेका हुन् । खेलमा जम्मा ३३ जना खेलाडीहरुले सहभागीता जनाएको व्याडमिन्ट खेलका फोकल पर्सन हिक्मत बहादुर खड्काले जानकारी दिनुभयो । 

ए डिभिजनतर्फ प्रथम हुनेल १६ हजार र दोश्रो हुनेले ८ हजार पुरस्कार पाउनेछन् भने वी डिभिजनतर्फ प्रथम र दोश्रो हुनेले ८ हजार पुरस्कार पाउनेछन् ।  उनीहरुलाई फागुन ७ गते हुने समापन समारोहमा पुरस्कार वितरण गरिने छ । 

 टेबल टेनिसतर्फ लेटाङ ४ का युवराज लावती च्याम्पियन 

लेटाङ खेलकुद महोत्सव अन्तरगत आज सोमबार सम्पन्न टेबल टेनिस खेलमा विजयी हुँदै लेटाङ ४ का युवराज लावती च्यम्पियन बनेका छन् । व्याडमिन्टनतर्फ जम्मा १४ जना खेलाडीले नाम दर्ता गराएको भएपनि १२ जना खेलाडीले सहभागीता जनाएकोमा लेटाङ ४ का युवराज लावती च्याम्पियन बन्न सफल भएका हुन् । 

उनले फाइनल खेलमा लेटाङ ३ का नरबहादुर गुरुङलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । लेटाङ ४ का युवराज लावतीसँग पराजित भएका लेटाङ ३ का नरबहादुर गुरुङ दोश्रो हुँदा लेटाङ ८ का आयुस चेम्जोङ तेश्रो भएका छन् ।

तेश्रो स्थानका लागि भएको खेलमा नवीन राईलाई ३–१ को सेटमा पराजित गर्दै आयुस चेम्जोङ विजयी भएका हुन् । च्याम्पियन बनेका युवराजले ट्रफिसहित ८ हजार, दोश्रो भएका नरबहादुरले ५ हजार र तेश्रो भएका आयुसले ३ हजार नगद पुरस्कार पाउनेछन् ।

उनीहरुलाई फागुन ७ गते हुने समापन समारोहमा पुरस्कार वितरण गरिने टेबल टेनिस खेलका फोकल पर्सन हरिचन्द्र राईले जानकारी दिनुभयो ।      


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार