मुख्य समाचार
१५०० रुपैयाँमै १० लाखसम्मको सुरक्षा दिने गरी वन्यजन्तु केन्द्रित बीमालेख जारी हुने | भोलिदेखि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आउने, सवारीअनुसार ६० देखि ६०० रुपैयाँ प्रवेश शुल्क | विद्यार्थी कुटपिट आरोपमा शिक्षक पक्राउ | आईपीओ निष्काशनको तयारीमा ह्याम्स अस्पताल | इटहरी उपमहानगर भन्छ, ‘साविककै सरसफाइ शुल्क बुझाउनू’ | नेसनल प्याब्सन कोशी प्रदेशद्वारा संगठन बिस्तार गर्दै | यी हुन् फिफा विश्वकप २०२६ मा बनेका कीर्तिमान | साताको अन्तिम दिन बढ्यो शेयर बजार, कारोबार रकम पनि वृद्धि | लायन्स डिष्ट्रिक्ट ३२५ सीको एरिया–४ सचिवालय उद्घाटन | सुकुना घटनामा सुन्दरहरैंचाका पाँच दल एकै ठाउँमा, विद्यालयको गरिमा र विद्यार्थी सुरक्षाका लागि जनाए साझा प्रतिबद्धता |

साहित्य सदन नेपालको आयोजनामा कविता महोत्सव हुने

मोरङ खबर 473+ समाचार ( )
५ चैत्र २०८१, बुधवार

काठमाडौँ । साहित्य सदन नेपालको आयोजनामा काठमाडौँमा कविता महोत्सव २०८१ हुने भएको छ । विश्व कविता दिवस मार्च २१ का अवसरमा चैत्र ८ गते शुक्रबार साहित्य सदन नेपालको कार्यालय रामहिटी बौद्धमा हुने कविता महोत्सवमा राष्ट्रव्यापि कविता प्रतियोगिताका उत्कृष्ट कविका साथै अतिथि कविहरुले कविता वाचन गर्दैछन् ।     

       साहित्य सदन नेपालले गत फागुन २५ गतेभित्र राष्ट्रव्यापी कविता प्रतियोगिताका लागि कविता पठाउन आह्वान गरेकोमा सो अवधि भित्र प्राप्त कविताहरुमध्ये उत्कृष्ट ५ जनालाई चैत्र ८ गते हुने कविता महोत्सवमा कविता वाचन गर्न लगाउनुका साथै पुरस्कृत गरिंदैछ । तोकिएको म्यादभित्र प्राप्त भएका र मापदण्डमा परेका कविताहरू कोड नम्बरका आधारमा विज्ञहरूबाट मूल्यांकन गरेर उत्कृष्ट पाँचमा पर्न सफल कविलाई पुरस्कृत गर्न लागिएको हो ।

 साहित्य सदन नेपालले कोड नम्बरका आधारमा प्राप्त कविताहरुलाई मूल्यांकन गरि उत्कृष्ट ५ जना कविता र कविको नाम सार्वजनिक गरिसकेको छ ।

जसमध्ये २०३ कोड नम्बरका भक्तपुरका कवि भीष्मराज काफ्लेको ’हामी नेपाली’, २१८ कोड नम्बरको नुवाकोटका कवि एलिसा एकनासको  ’इतिहासका अपूर्ण पृष्ठहरू’, २२२  कोड नम्बरको उदयपुरका कवि जीवन आरोहीको ’उज्यालोको प्रतीक्षा’, २२८  कोड नम्बरको पर्वतका कवि तारानाथ पराजुलीको  ’मेरो देश’ र  २४८  कोड नम्बरको  मोरङका कवि सोमनाथ दाहाल ’मेरो देश’ शीर्षकका कविताहरु उत्कृष्ट ५ मा परेका छन् । 

अब कविता महोत्सवका अवसरमा प्रथम, दोश्रो र तेश्रो हुने ३ जनाको नाम घोषणा गरिनेछ । प्रथम हुनेले प्रमाणपत्रसहित नगद ३० हजार, दोश्रोले २० हजार र तेश्रो हुने ३ जनाले १०\१० हजार नगद पुरस्कार पाउनेछन् । 

चैत्र ८ गते हुने कविता महोत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति  वरिष्ठ कवि वैरागी काइँलाको प्रमुख अतिथ्यता रहनेछ । यस्तै पूर्व कुलापति वरिष्ठ साहित्यकार गंगाप्रसाद उप्रेती र वरिष्ठ सौन्दर्य चिन्तक निनु चापागाईंको विशिष्ट आतिथ्यता रहने साहित्य सदन नोपलका अध्यक्ष प्रा. डा. हेमनाथ पौडेलले जानकारी दिनुभयो । साहित्य सदन नेपालले हरेक वर्ष राष्ट्रव्यापि कविता प्रतियोगिता सञ्चालन गर्नुका साथै कविता महोत्सव गर्दै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार